एनसेलले सरकारलाई बुझायो ४ अर्ब ६० करोड,

चैत १८ ,काठमान्डौ – निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरका दोस्रो किस्ता बुझाएको छ ।

एनसेलले मंगलबार ठूला करदाता सेवा कार्यालयमा ४ अर्ब ६० करोड रुपैंया लाभकर दाखिला गरेको ठूला करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले जानकारी दिए ।

कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

lekbesi

यो रकमसँगै एनसेलबाट पुँजीगत लाभकर स्वरुप ९ अर्ब १० करोड रुपैंया भुक्तानी भएको छ ।

अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । बाँकी रकम लकडाउन खुल्नेबित्तिकै तिर्न हामीले भनेका छौं । सिस्टमले चैत मसान्तसम्म उक्त रकम तिरे थप ब्याज जोड्दैन ।