कोरोना विरुद्द लड्न कर्णाली सरकारले करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने शाही ,

चैत १९ ,काठमान्डौ – कोरोना विरुद्द लड्न कर्णाली सरकारले करारमा स्वास्थ्यकर्मी भर्ना गरे भएको छ ।

स्वस्थ्य समाग्री हस्तान्तरणगर्न डोल्पा पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोना संक्रमण विरुद्द लड्न तीन महिनाका लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्न लागेको जानकारी दिए ।

कर्णालीका दशवटै जिल्लमा यो लागि गरिने उनले बताए । तेस्तै मन्त्रि शाही हिजोमात्र कर्णालीका विकट जिल्ला डोल्पा ,मुगु ,हुम्लामा स्वास्थ्य साम्रगी हस्तान्तण गर्न पुगेका थिए ।

lekbesi

कर्णाली प्रदेश सरकारले कोरोन विरुद्द लड्न विभिनन रणनीति तयार गरेको पनि मंद्त्री शाहीले बताए ।

कर्णालीका स्थानिय सरकार हुँदै गाँउ टोलमा संकास्पद व्याक्ति फेलापरेमा तत्काल सम्बन्धित स्थानमा खबर गर्नपनि उनले बताए ।

तेस्तै स्थानीयतहसँग समन्वय गरी प्रदेश सरकारले वडा स्तरमा सहयोगी समिति गठन गर्ने पनि शाहीले बताए जसले संकास्पद व्याक्तिलाई पहिचान गरि स्थानिय सेल्फ क्वारेईनटाईनमा राख्न सहयोग गर्ने छ ।

कर्णालीका विकट यातायातको पहुच नहुने ठाँउमा कोरोनाका संकास्पद व्याक्ति फेलापरे हेलिकोप्टरबाट उद्दार गरिने पनि शाहीले बताए।

कोरोन संक्रमणमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई थप दैनिक भत्ता लागु गरिएको पनि शाहीले बताए ।