एम्बुलेन्सबाट गाँजा तस्करी गर्ने मेयर र नेकपा नेतालाई पक्राउ पुर्जी जारि ,

चैत १९ ,काठमान्डौ – रौतहटका एक जना नगरप्रमुख र नेकपाका नेता गाँजा तस्करीमा संलग्न रहेको पाईएको छ ।

रौतहट जिल्लाको दक्षिणीभेग ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ तथा नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई गाँजा तस्करी गरेको आरोपमा aजिल्ला अदालत मकवानपुर अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

गत माघ ११ गते हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीस्थित प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्गमा बा २ झ १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार बरामद भएको थियो ।

lekbesi

डुमरिया स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स भित्र प्रहरीले तिनवटा झोलामा छ पोका गाँजा बरामद गरेको थियो ।

साथमा एम्बुलेन्स चालक ईशनाथ नगरपालिका डुमरियाका ३९ वर्षीय महम्मद खलिद, सोही ठाँउका १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई प्रहरीने नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका भारतीय नागरिक विनोद सहनीको बयानको आधारमा मेयर मेहता र उनका भाइ मोहनलाई पक्राउ गरि उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले आदेश जारि गरेको प्रहरी निरिक्षक ललन राउत कुर्मीले बताएका छन् ।

जिल्लाले पक्राउ पुर्जी जारे गरेको आदेश अनुसार दुवै जनाको खोजि भईरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी भारत श्रेष्ठले जानकारी दिए ।

भियुक्तलाई पक्राउ पुर्जी जारि गरेलगतै जिल्ला प्रहरी कार्यालय रौतहटमा आरोप प्रतिआरोप शुरु भएको समेत जानकारी हुन आएको छ ।

रौतहट प्रहरी प्रमुख एसपी रविराज खडका मङ्गलवार बिहान १० बजे नै आफू प्रदेश २ को बैठकमा सहभागी हुन जनकपुरतिर लागेको जानकारी पछि त्यहीबेला जिल्ला प्रहरीकै कसैले पक्राउपुर्जी सार्वजनिक गरेको हुनुपर्छ तर हामी गहनरुपमा छानबिन सुरु गरेका छौँ । तस्कर जो सुकैभएपनि कारबाही हुन्छ खड्काले भने ।