निजि अस्पतालले उपचार नगरे कारबाही गर्न प्रदेश सरकारको निर्देशन ,

चैत १९ ,जनकपुरधाम – निजि अस्पतालले उपचार नगरे कारबाही गर्न प्रदेश २ सरकारले विग्यति निकाल्दै निर्देशन गरेको छ ।

कोरना त्रासरहेको बेलामा निजि अस्पतालले बिरामीलाई आधारभूत सेवा समेत नदिएको भन्ने गुनासा आईरहेकोबेला निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरमा ल्याउन सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही हुने बताएको भोलिपल्टै कार्वाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरिएको हो ।

lekbesi

विद्यमान कोभिड १९ को माह्मारिले आक्रान्त बनाईएको बेला यस विषयमा परिस्थितिले उपरोक्त किसिमका घटना भईरहदा राज्य केवल मुख्दर्शन गरि नबस्ने समेत भएको छ ।

सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले न्यूनतम व्यवसायीक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ्ग होमलाई तत्काल अनुसन्धानका दायरामा ल्याई कार्वाही प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउँदै निर्देशन दिएको छ ।

त्यस्ता स्वास्थ्य संस्थाहरुको कानून बमोजिम दर्ता खारेजी गर्नेदेखि लिएर यस महामारी लकडाउनको अवधीभर अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि नियन्त्रणमा लिई स्वास्थ्य सेवा नियमित संचालन गर्ने/गराउने समेतको कारबाही प्रकृया जिल्लास्तरबाटै अगाडि बढाउन पत्रमा भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय सिंहदरबारसहितका निकायलाई बोद्यार्थ गरिएको पत्रमा आवश्यक सहयोग निर्देशन तथा समन्वयका लागि सादर अनुरोध गरिएको छ ।