Simta
Simta
lekbesi

कोरोन रोकथाम तथा नियन्त्रणमा बनगाड कुपिण्डे नगरपालिकाको अहिले सम्म वडामा कुनै सुचना छैन ,

Gurvakot

चैत १९ ,काठमान्डौ -विश्वमै महामारीको रुपमा फैलिरहेको कोभिड १९ नियत्रन्को लागि नेपालमा भएको रोकथाममा भने सल्यानको कुपिण्डे नगरपालिका पछि परेको छ ।

विभिनन नगरपालिकाले क्वारेईण्टाईन देखि स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीको वेव्स्था ,जनचेतनाको लागि स्वास्थ्यकर्मी परिचालन ,माक्स साबुन वितरण ,वडामा कोरोना संक्रमण रोकथाम किटनाशक औषधि छर्कने काम गरिसकेका छन् ।तर कुपिण्डे नगरपालिकामा भने अहिले सम्म यो भएको छैन ।

नेपालमा हाल सम्म ५ जनामा कोरोन संक्रमण फेला परिसकेको र विभिनन जिल्लामा नगरपालिकामा सयौको संख्यामा क्वारेईनटाईनमा उपचार भईरहेको र कोरोना संक्रमणको परिक्षन भईरहेको बेला बल्ल मात्र आज नगरपालिकाको बैठक बसेको नगरपालिकाकी उपमेयर मनजु यरिले रंग दर्पणलाई बताईन ।

lekbesi

संक्रमित मुलुकबाट आ आफ्नो घरमा आउनेको संख्या भने बनगाड कुपिण्डे नगरपालिकामा दैनिक छ ।उनीहरुलाई कोरोना संक्रमण भएको वा रोकथाम सेल्फ क्वारेईनटाईन बस्न कसैले पनि हाल सम्म जानकारी गरेको छैन ।

लकडाउनले गर्दा टोलमा रहेका मजद्रुरी गरि खाने अति विपनन निम्न वर्गलाई २ देखि ३ हजारको राहत प्याकेजको घोषणा गरेको र देवस्थलमा २० शैयाको क्वारेइनटाईन सुचारु गरेको उनले बताईन ।

संकर्मित मुलुकमा रहेका विदेश ,भारतमा मजदुरी गरिरहेका व्याक्तिहरु गाँउमा भित्रिरहेको भने बनगाड कुपिण्डे नगरपालिका ११ का वडा अध्यक्ष कैलास बुढाले जानकारी दिए ।

विभिन्न मुलुकबाट रोजगारबाट आएका स्थानिय गाँउ टोलमा भित्रिरहेका छन् ।नगरपालिकाले कुनै सुचना दिएको छैन ।संथाले नभने सम्म हामीले केहि गर्न सक्दैनौ ,भएसम्म वर परकाहरुलाई सावधान रहने जानकारी गरेका छु बुढाले भने ।

नगरपालिकाका विभिन्न वडाबाट काठमान्डौ लगायत अन्यत्र जिल्लामा मजदुर गर्न गएकाहरु बीचबाटोमा अलपत्र परेको भन्ने खबर पनि आईरहेको उनले बताए ।

भक्तपुरको ईट्टा भट्टामा काम गर्ने मजदुरहरु लकडाउनले बीच बाटोमै अलपत्र परेको हुनाले सम्बन्धित जिल्लाको सिडियोसंग कुरा गरि सल्यानबाट पास मिलाई आ आफ्नो घर सम्म पुर्याउने काम भईरहेको यरिले बताईन ।

 

 

 

Simta