कोरोना संक्रमणको लागि सल्यानबाट पठाइएका तीन जनाको रिर्पोट नेगेटिभ,

चैत १९ ,काठमान्डौ – जिल्ला अस्पताल सल्यानबाट कोरोना संक्रमणको लागि पठाईएको तिन जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

चैत १७ गते सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ का २ जना र छत्रेश्वरी एकका १ जनामा उच्च ज्वरो देखिएपछि कोरोना परीक्षणका लागि स्वाब काठमाडौ पठाइएको थियो ।

मजदुरी गर्न भारत पुगेका बनगाड कुपिण्डे नगरपालिका १२ माझखर्कका एक पुरुष चैत १० गते घर आएका थिए ।

lekbesi

घरमा आएपछि उनीमाथि उच्च ज्वरो देखिएसंगै उनकी श्रीमतीसहितलाई क्वारेईनटाईनमा राखीएको थियो ।

रिपोर्ट नेगेटिभ देखिएपछि आजनै जिल्ला अस्पतालको क्वारेनटाइनमा रहेका उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको सल्यान अस्पतालका प्रमुख डा अर्जुन बुढाले जानकारी दिए ।