लकडाउनमा परि अलपत्र परेका जाजरकोट जिल्लाका नागरिकको सकुशल उद्दार मन्त्रि बस्नेत

चैत १९ ,काठमान्डौ – कोरोना संक्रमणबाट बच्न र रोकथाम भनेको लकडाउननै प्रभावकारी उपाय रहेको वन तथा वातारवरण मन्त्रि शक्ति बहादुर बस्नेतले बताएका छन् ।

सरकारले गरेको लकडाउन घोषणालाई नागरिकले पूर्णरुपमा पालना गनुपर्ने अहिलेको आवस्यकता ,जिम्मेवारी र कर्तव्य रहेको मन्त्रि बस्नेतले बताए ।

लकडाउनले गर्दा नागरिकमा केहि असहज महसुसत भएको छ तर विश्वमा फैलिरहेको कोरोनाको माहामारीबाट हजुरहरुलाई बचाउने बाटो भनेको यो भन्दै अर्को छैन मन्त्रि बस्नेतले भने ।

lekbesi

कोरोना संक्रमण रोकथाम र नियन्त्रको लागि सरकारले गत चैत ११ गते १८ गते सम्म लकडाउनको घोषणा गरेको थियो ।

नेपालमा पनि कोरोना संक्रमणका बिरामी बढ्न थालेपछि गत आईतबार मन्त्रिपरिषदको बैठकले एक साता लकडाउन थप्ने गरि २५ गते राति १२ बजे सम्म लागु हुने जनाएको छ ।

तेस्तै लकडाउनको बेलामा मन्त्रि बस्नेतको गृह जिल्ला जाजरकोटका जन्ताहरू विभिनन जिल्लामा मजदुरी ,विशेष कामले बाहिर गएका र अलपत्र परेकालाई बस्ने खानेको पूर्ण रुपमा व्यवस्था गरिएको समेत बस्नेत बताए ।

लकडाउनको बेलामा आफ्ना जिल्लाका नागरिकहरु अलपत्र परेको थाहा हुन आएपछि मन्त्रि बस्नेतको पहलमा तत्काल उद्दार गरि सम्पर्कमा ल्याईएको पनि बस्नेतले बताए ।

तेस्तै कर्णाली प्रदेशबाट रोजगारको लागि भारत पुगेका नागरिक ४० जनालाई मोरंग जिल्लाको टाॉडिको क्वारेन्टाइनमा सकुशल राखीएको छ ।

उनीहरु नेपाल र भारतमा पनि लकडाउन भएपछि भारतको जोगबनी नाका हुँदै आएको बताईएको छ ।

लकडाउनमा परि अलपत्र परेका लम्जुङ्गमा २४ ,बैतडीमा ३० दोलखामा ४५ र गोरखामा १२ जनालाई खाने बस्ने बन्दोबस्त भईसकेको मन्त्रि बस्नेतले जानकारी दिए ।

भक्तपुरमा ३० जना ,काभ्रेमा १० जना, काठमाण्डौ १५ जना नुवाकोट मा १३ जना नवलपरासीमा २० जनाको लागी पनि खाने बस्ने व्यवस्था हुँदै गरेको उनले बताए ।

जाजरकोट जिल्लाबाट रोजगारको लागि अन्यत्र गई लकडाउनमा परि अलपत्र परेकाले मन्त्रि बस्नेतका स्वकीय सचिव मुक्ति बस्नेत र स्वकीय भिम बहादुर रोकाया मुस्कान संग सम्पर्क गर्न पनि जानकारी गरिएको छ ।

९८५११६८७९२ मुक्ति बस्नेत
९८४६९९६३१५ भिम बहादुर रोकाय (मुस्कान )