Simta
Simta
lekbesi

लकडाउनमा प्रभावित अति विपन्नको सहयोगका लागि अग्रहरीले गरे ५१ हजार रकम सहयोग, ,

Gurvakot

चैत्र १९ ,नवलपरासी पश्चिम- विश्वव्यापी भयावहको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट जोगिनको लागि लकडाउनमा अति विपन्न र दैनिक ज्याला मजदुरीबाट परिवार पाल्दै आएका परिवारहरुको लागि अध्यक्षद्वारा
सहयोग रकम हस्तान्तरण भएको छ ।

आरती एग्रो प्रा. लि. का अध्यक्ष एवं नवलपरासी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले आरी विपन्न परिवारलाई राहत वितरणको लागि नवलपरासी उद्योग वाणिज्य संघको राहत कोषमा रू ५१ हजार रकम सहयोग गर्नु भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाई भोकै हुने अवस्था नआओस भन्ने उद्देश्यले सहयोग स्वरुप उक्त रकम जमा गरिएको उपाध्यक्ष अग्रहरी बताउनुभयो ।

lekbesi

यसअघि पनि उहाँले आफ्नो घरमा भाडामा बस्दै आएकालाई चैत्र र बैशाखको घरभाडा नलिने घोषणा गरि सक्नु भएको छ ।

अंगद यादव/ नवलपरासी पश्चिम,

Simta