Simta
Simta
lekbesi

प्रधानमन्त्रीको एक कल समस्या हल ठुलो चलखेल रद्द गर्दीएपछि स्वास्थ्यमन्त्री चुप चाप,

Gurvakot

चैत १९ ,काठमान्डौ – चीनबाट स्वास्थ्य उपकरण खरिद गर्नका लागि भएको सम्झौताबारे भित्र भित्रै चलखेल हुन लागेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले ठाडो निर्देशनमा उक्त सम्झौता रद्द गरेका छन् ।

ओम्नी समूहसंग भए को सम्झौता ओलीले रद्द गरेका हुन् । सल्हाकारहरुले चीनबाट स्वास्थ्य उपकरण खरिद गर्नका लागि भएको सम्झौताबारे गलत ब्रिफिङ गर्दै निर्णय सही भएको प्रधानमन्त्रीलाई बताएका थिए ।

तर, सल्लाहकारको सो घेरा तोड्दै प्रधानमन्त्रीका एक विश्वासपात्रले स्वास्थ्य सामग्री खरिदमा ठूलो आर्थिक चलखेल भएको तथ्यसहित सविस्तार प्रधानमन्त्रीलाई जानकारी गराएपछि प्रधानमन्त्री ओलीले एक बोलिमा सम्झौता रद्द गरेको बताईएको छ ।

lekbesi

प्रधानमन्त्रीका विश्वासपात्र वालुवाटार पुगेर ओलीलाई यथार्थ जानकारी गराएपछि स्वास्थ्य मन्त्रि भानुभक्त ढकाललाई तत्काल सम्झौता रद्द गर्न ठाडो आदेश दिईएको थियो ।

प्रधानमन्त्रीको ठाडो आदेशसँगै स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरिएको जानकारी दिएको थियो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले समूहले स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसार काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्ध गरेको उनले बताएका थिए ।

साथै धरौटीवापत राखिएको ५ करोड रुपैयाँ जफत गरी कालोसूचीमा राखिएको महानिर्देशक श्रेष्ठको भनाइ थियो ।

ओम्नीले बोलकबोल गरेको मध्ये १८ प्रतिशत सामान मात्रै नेपाल ल्याउन सकेको र थप सामान ल्याउन नसकेको तथा ल्याउने प्रतिवद्धता पनि जाहेर नगरेको समेत उनको भनाइ थियो ।

विभागले सम्झौता गर्दा बजारमूल्यभन्दा अति महङ्गोमा सामान ल्याएर भ्रष्टाचार गरेको भन्दै चौतर्फी विरोधसमेत भइरहेको छ ।

कतिपयले सम्झौता रद्ध हुनुले भ्रष्टाचार भएको पुष्टि भएको भन्दै त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनुपर्ने समेत माग गरेका छन् । स्वास्थ्य मन्त्रि ढकाललाई अख्तियारीमा उजुर समेत परेको छ ।

Simta