कर्णाली प्रदेशको विपद कोषमा कुमारी बैंकको दश लाख सहयोग ,

चैत २० ,काठमान्डौ – विश्वमा देखिएको महामारी कोभिड १९ कोरोना संक्रमणबाट बच्न कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा कुमारी बैंक र अपाङ्ग महासंघ कर्णाली प्रदेशले रकम हस्तान्तरण गरेको छ ।

कुमारी बैंकबाट रु दश लाख र रास्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले रु ५१ हजार १ सय ५१ सहयोग गरेको हो ।

कुमारी बैंक सुर्खेत शाखाका प्रबन्धक हिमाल प्रसाद मुडभरी र राष्ट्रिय अपाँंग महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले माननीय आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाइ चेक हस्तान्तरण गरेका छन् ।

lekbesi

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ,आर्थिक मामिला मन्त्रि तथा योजना मन्त्रि साथै सामाजिक विकास मन्त्रिको उपस्थितिमा चके हस्तान्तरण गरिएको थियो ।

(कोभिड १९ ) कोरोना संक्रमण भाईरस रोकथाम तथा नियन्त्रणको लागि सरकार ,निजिक्षेत्र तथा आम नागरिकबाट सबैको सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री शाहीले बताउदै सहयोग गर्ने सहयोगी हातलाई धन्यवाद दिएका छन् ।