आफ्नै हात संग शंका छ जनस्वास्थ्य विज्ञ डा.रविद्र समिर ,

पृथिवीनै ठप्प रहेको बेला चिन्ताको कुनै अर्थ छैन ,

चैत २० ,काठमान्डौ – अहिले विश्वमै कोरोना त्रासको बेला नेपालमापनि महामारी फैलिने होकी भन्ने आममानसमा शंका उत्पन्न भएको जनस्वास्थ्य विज्ञ डा. रविन्द्र समिरले बताएका छन् ।

कहिले ढल्ने यो लामो रात भनेर सबैको मनमा अत्यास लाग्नु स्वाभाविक हो ।किन कि अहिलेको समयनै तेस्तै छ ,तर नयाँ दिन आउन यो रात ढल्नुको बिकल्प छैन ।

अहिले वातावरण निकै मनमोहक पालुवा र चरीको चिरबिरले वसन्त ऋतुलाई आगमन गरेपनि मनमा एक तमासको डर रहेको उनि बताउछन ।

lekbesi

मानिसले नदिएर प्रकृतिले दिएको कुरालाई पशुपंक्षी तथा बनस्पतिले आफुलाई सुरक्षित ठानेका छन् भने हाम्रा लागि हामि नागरिकले धर्यता गर्नुपर्ने समिर बताउछन ।

कोरोना संक्रमणले हामि मात्र हैन पृथिवीनै ठप्प रहेको बेला चिन्ताको कुनै अर्थ नरहेको उनले बताए ।

जिन्दगीमा जे जे आए तेस्लाई स्वीकारेका हामि अब आउने र आईरहेकोलाई पनि स्विकार्न तयार हुनुपर्छ ।,शक्ति, बैभव र प्रगतिको परिभाषा बदलिएको बेला त्यसलाई हृदयंगम गर्नु जरुरि छ समिरले भने ।

घर भित्र बसेर आराम तथा धपेडीविहिन जीवनशैलीको कारण मान्छेहरु स्वस्थ छन् ब्यस्त छन् परिवारसंग मिठा पल व्यतित गरिरहेका छन् यो पनि जिन्दगिको अविस्मरनिया पहल रहेको उनि बताउछन ।

अहिले स्वच्छ हावा बहिरहेको छ र क्षितिजमा हिमाल डांडाकाँडा मुस्कुराएको बेला कतै पनि धुलो, धुँवा तथा कोलाहल छैन ।

यो बेला हामीले कुन बार हो भन्ने सम्म बिर्सिसकेका छौ आफ्नै आफन्तसंग डराएर मेरो घरमा नआदिए हुन्थ्यो कि भन्ने सबैको मनमा रहेको पनि उनि बताउछन ।

अहिले सबैले घरको खाना खईरहेको हुनाले अस्पताल, क्लिनिक तथा स्वास्थ्य केन्द्रहरु रित्ता रहनाले प्रदुषणको कारण हाम्रा आँखा, छाला तथा श्वासमार्गमा एलर्जी भएको छैन यो पनि सबैको राम्रो स्वास्थ्य उपलब्धि रहेको डा. समिरले बताए ।

हाम्रो जिबन पहिले यस्तै थियो ,हामि संग भएका सामग्री देखि लत्ता कपडा आज बढी भए अब कुनै किन्ने रहर छैन कसैलाई भेट्ने इच्छा छैन शहर पहिलोपटक गाँउ भएको छ यो सबैले महसुर गर्न पनि समिरले बताए ।

कोरोन कहरका कारण मानिसलाई कँहाबाट पैसा ल्याउने र भाडा कसरि तिर्ने जागिर बच्ने वा जाने भन्ने टुंगो छैन ।

शाही सत्ता कहिले सम्म लम्बिने हो जसले गर्दा हामि पानि पिउन समेत पाउदिनौकि भन्ने सबैको मनमा प्रश्न उठेका होलान यी सबै गहन विषयका कुरा हुन् उनले भने ।

अहिले शत्रु देखि सुरक्षा ,मित्रताको परिभाषा बदलीएको हुनाले हामीले अब पढ्न जरुरि छ कि म कोहो भनेर चिन्न ? प्रकृति बदलीएको बेला अब स्वीकृति बदल्न पनि समिर बताउछन ।

लेख डा. रविद्र पाण्डे समिर बाट,