गुर्भाकोट ९ का अध्यक्षलाई जुरिचुला बचत तथा ऋण सहकारी संस्था देखि व्यापारीले गरे माक्स हस्तान्तरण ,

चैत २० ,काठमान्डौ – गुर्भाकोट नगरपालिका वडा न ९ का अध्यक्ष शशि भट्टराईलाई जुरिचुला बचत तथा ऋण सहकारी संस्थाले ५०० पिस माक्स हस्तान्तरण गरेको छ ।

तेस्तै विश्वमै महामारी ल्याईरहेको कोरोना संक्रमणबाट नेपालमा पनि बच्न गुर्भाकोट ९ का व्यापारी तथा समाजसेवी शेर बहादुर बिक संस्थाका अध्यक्ष सचिब युवराज गौतम र लाल ब डिसिले संयुक्त रुपमा २ सय पिस माक्स अध्यक्ष भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

उक्त माक्स वडा कार्यालयमा रहेका गरिब दुःखी जनताको घरमा आजै वितरण गरिने पनि अध्यक्ष भट्टराईले बताए ।

lekbesi

कोरोना भाईरसबाट बच्न सरकारहरु विभिन्न संघ संस्था ,व्यापारी, बुद्धिजीवी एवं समाजका सचेत नागरिक सबैले सक्दो सहयोग गर्नपनि अध्यक्ष भट्टराईले आग्रह गरेका छन् ।

केहि दिन अगाडी मात्र अध्यक्ष भट्टराईले वडामा ५ घर परिवारलाई आफ्नो तर्फबाट राहत वितरण गरेका थिए ।

कोभिड १९ बाट विश्वमात्र नभई पृथिवीनै ठप्प रहेकोबेला सरकारले गरेको लकडाउनलाई सबै नागरिकले पालना गर्नपर्ने पनि अध्यक्ष भट्टराईले बताए ।

अहिले आफ्नै हात र आफ्नै परिवारसंग शंका उत्पन्न भईरहेको बेला धैर्य गर्नुभन्दा अर्को विकल्प नरहेको पनि भट्टराईले बताए ।