Simta
Simta
lekbesi

आज देखि सुर्खेतमै कोरोना परिक्षन गर्न मिल्ने ,

Gurvakot

चैत २० ,सुर्खेत – आज देखि सुर्खेतमै कोरोना परिक्षन गर्न मिल्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको हो ।]

तेस्तै सुर्खेतको प्रदेश अस्पताल कलागाँउ कोरोना परीक्षण प्रयोगशाला आजदेखि सञ्चालनमा आउने भएको छ ।

कर्णालीका सबै जिल्लाका कोरना संक्रमण आसंका बिरामीको नमुना संकलन गरि प्रदेश अस्पताल कालागाँउबाटनै परिक्षन गरिने अस्पतालका निर्देशक डा डम्बर खड्काले बताए ।

lekbesi

मेसिन जडान, प्रयोगशाला स्थापना लगायतका सबै तयारी पूरा गरिसकेको र आजदेखि थ्रोट स्वाबको परीक्षण शुरु हुने उनले बताए ।

सुर्खेतमा एक हजार किड आयको पनि उनले बताए । प्रयोगशालामा खटिने कर्मचारीलाई आवश्यक तालिम दिने काम पनि भइरहेको खडकाले बताए ।

तेस्तै सुर्खेतमा कोभिड १९ को परिक्षनको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आरटीपिसीआर मेसिनसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा .रामकृष्ण श्रेष्ठलाई विशेषज्ञका रुपमा खटाएको छ ।

विशेषज्ञ डा श्रेष्ठले एक साता सुर्खेतमै रहेर चिकित्सक तथा ल्याब कर्मचारीलाई आवश्यक परामर्श दिनेछन् । उनले एक दिनमा १० जतिको परीक्षण गर्न सकिने र एक घण्टाको अवधिमा एउटा नमूनाको नतिजा बाहिर आउने बताए ।

यो भन्दा अगाडी सुर्खेतबाट कोरोनाको नमुना परिक्षन गर्न काठमान्डौ पठाउनुपर्ने झन्झट भने अब सामान्य भएको छ ।

Simta