Simta
Simta
lekbesi

कोरोना संक्रमणबाट बच्न सुरक्षाकर्मीलाई विद्यार्थी नेताले गरे स्वास्थ्य सामग्री वितरण ,

Gurvakot

चैत २० ,नवलपरासी पश्चिम – विश्वभरी कोरोना भाइरस (कोभिड-१९) को महामारी फैली रहेको बेला नवलपरासी पश्चिम प्रतापपुर गाँउपालिकामा अवस्थित त्रिभुवन क्याम्पस बेलाटारीको बी.एड.मा अध्यनरत विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय बेलाटारीको सुरक्षाकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छन् ।

विश्व कोरोना भाइरसको संक्रमणमा गुज्रिरहेको अवस्थामा संक्रमण बाट बच्नका लागि दिनरात जनताकै सेवामा खटिने सुरक्षाकर्मी असुरक्षित हुने भन्दै मास्क, साबुन र ग्लब्स बितिरण गरिएको विद्यार्थी नेता सोभित हलुवाईले बताउनुभयो ।

विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुका लागी १/१ थान माक्स, साबुन ग्लब्स कार्यालयका प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेयलाई प्रदान गरेका थिए ।

lekbesi

सामाग्री बितरणमा कमल ढकाल, मिथलेस पासी, कमलेश यादव लगायतका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

 

Simta