Simta
Simta
lekbesi

सिमामा अलपत्र नेपालिलाई सरकारको निर्देशन नेपाल छिर्न नदिनु भारततिरै फर्काउ ,

नेपालि भन्छन भारत जान्नौ बरु गोलि हान ,

Gurvakot

चैत २० ,काठमान्डौ – नेपालगन्जको सीमा नाकामा अलपत्र परेका नेपालि अब कता जाने भन्नेमा चिन्तामा छन् । भारतमा लकडाउन ,नेपालमा लकडाउन विश्व पृथिवीनै लकडाउन अब नेपालि कता जाने ।

भारतको विभिन मुलुकबाट आफ्नो देश नेपाल आएका नेपालीहरु अलपत्रमा छन् ।नेपाल छिर्न पनि प्रशाशनले छिर्न दिएको छैन । नेपाल सरकारको निर्देशन भने जुन ठाँउबाट आएका हुन् उतै फर्काउने भनेन नियम रहेको छ ।

उनीहरुलाई बुधबार रातिदेखि भारत उत्तर प्रदेश राज्यको बहराइच जिल्लाको नानपारास्थित क्वारेन्टाइनमा पठाउन खोज्दा उनीहरुले मानेका छैनन् ।

lekbesi

क्वारेईनटाईनमा बस्दा सरकारको पैसा सकिन्छ भने हामि आफ्नै पकेटबाट खर्च गरेर खान तयार छौ तर भारत जान्नौ बरु गोलि खान हान नेपालीको आवाज छ ।

सीमा नाकामा दिनदिनै अलपत्र यात्रीको संख्या भने बढ्दै गएको छ । बुधबारसम्म एक सय ६३ जना मात्र रहेकोमा बिहीबार बिहानसम्म यो संख्या एक सय ८१ पुगेको छ ।

जिल्लास्थित प्रहरी प्रशासनलाई गृह मन्त्रालयले र गृहमन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको ठाडो आदेश भन्दै नाकामा रहेका नेपालीलाई झन अलपत्र पार्ने काम भएको छ ।

दशगजा क्षेत्रमा बस्ने टेन्टको व्यवस्था छ तर सरकारले सो स्थानमा बस्नलाई पनि अनुमति दिएको छैन।

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरका अनुसार धेरै जना हुनेलाई सम्बन्धित जिल्लाबाट गाडी बोलाएर पठाउने हाम्रो तयारि रहेको थियो तर सरकारको निर्देशनले नमानेको उनि बताउछिन ।

सिमानाका जमुनाहादेखि एक किलोमिटर पश्चिममा नेपालगन्जमा निर्माणाधीन नेपाल भारत एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को छेउमै खुला आकाशमुनी रहेका उनीहरुलाई बुधबार साँझ सम्बन्धित जिल्लामा पठाउने भन्दै जमुनामा ल्याइएको थियो ।

नेपालले दशगजामा बस्न नदिने र उनीहरुभारतमा जान नचाहेपछि झन विचल्ली भएको छ ।

समस्याको समाधानका लागि बुधबार प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले सीमा नाका जमुनाहा पुगेर नेपाल सरकारले घर फर्कन नदिने भएपछि भारतीय पक्षलाई क्वारेन्टाइनमा राख्न आग्रह गरेको बताइन् ।

बुधबार राति नेपाल पक्षबाट प्रदेश सांसद नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपाल प्रहरी बाँके प्रमुख एसपी वीरबहादुर ओली, सशस्त्र प्रहरी बल एसपी दीपक अधिकारी र भारतीय पक्षबाट बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिनकुमारसँग छलफल भएको थियो ।

दुई देशबीच सीमामा रहेका नेपालीलाई आधा आधा व्यवस्थापन गर्ने नीति अनुरुप आधालाई भारतीय पक्ष नानपारास्थित क्वारेन्टाइनमा लैजान तयार भयो ।

‘नेपाली भूमिमै क्वारेन्टाइन बनाएर राख्छौं भन्दा पनि नेपाल सरकारले जहाँबाट आएका हुन् । उतै फर्काउने नीतिले हामीले व्यवस्थापन गर्न सकेनौं ।

 

गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि अनुरोध गर्‍यौं । सबैको जवाफ एउटै छ नेपाल प्रवेश गर्न दिनुहुँदैन । यस्तो जवाफले नेपालिहरु झन् कता जाने र बस्ने भन्ने चिन्ताले अत्यास्मा छन् ।

खुल्ल्ला आकासमा बसेका उनीहरुलाई खान बस्नको वेव्स्था छैन रातभर मच्छरले तोक्ने र दिशा पिसाब गर्ने ठाँउको एकिन नहुँदा झनै रोग फैलिन नसक्ने समस्या देखिएको छ ।सीमामा अलपत्र नेपालि भन्छन हामि मर्न तयार छौ भारत जान्नौ ।

Simta