Simta
Simta
lekbesi

कोरोनाबाट छैठौ संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा,

Gurvakot

चैत २० ,काठमान्डौ – नेपालको छैटौं कोरोना भाइरस संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा भएको पुष्टि गरेका हुन् ।

उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।

lekbesi

नेपालमा ६ जना कोरोना संक्रमण मध्ये दुई जना बागलुङका देखिएका छन् आज संक्रमित पुस्टि भएकि वर्षकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी आफन्त रहेको खुलेको छ ।

दुबै जना बेल्जियमबाट सँगै नेपाल आएपछु उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगेको खुलेको थियो ।

एकदिन आफन्तकहाँ बसेर उनीहरु दुबै जिपमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गरेपछि १९ वर्षीय किशोरीमा कोरोना पोजेटिभ देखियो तेस्पछि ति वृद्धा पनि क्वारेन्टाइनमा बसेको खुलेको छ ।

बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको तर वृद्धा दमको समस्या रहेको बागलुङ अस्पतालले जनाएको छ ।

संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ ।एउटै विमानबाट आएका तीन जनामा कोरोना संक्रमण फेलापरेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए ।

सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो ।

तेसैको चारदिनपछि उनीहरुसंगै आएकि ६५ वर्षिया वृद्धामा पनि संक्रमण भएको पाइएको हो । ६ जना संक्रमित मध्ये १ जना भने ठिक भएर फर्किसकेका छन् ।

Simta