सिरानटेकले साइट ‘ह्याक’ गरेको स्वीकार्,

चैत २१ ,काठमान्डौ – सिरान टेक्नोलोजीले काठमान्डौप्रेस नामक अनलाईन साईड ह्याक गरि समाचार डिलिट गरेको स्वीकार् गर्दै माफी मागेको छ ।

बिहीबार राति सिरानटेकको तर्फबाट सिइओ सुवास शर्माले आफ्नो ट्वीटरमार्फत् प्रेस विज्ञप्ति जारी गर्दै गल्ती भएकामा माफी मागेको छन् ।

सिरान टेक्नोलोजी एफवान सफ्टको भातृ कम्पनी हो । एफवान एफ्ट प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अली सेयर साझेदार रहेको संस्था हो ।

lekbesi

काठमाडौंप्रेस अनलाइनमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीसहित उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका क्षितिज रिमाल संलग्न भएर चीनबाट महंगोमा स्वास्थ्य उपकरण ल्याइएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो।

काठमाडौं प्रेसको वेभसाइटको डेभलपर सिरान टेक्नोलोजिज थियो र सिरान टेक्नोलोजिज एफ वान सफ्टको भगिनी संस्था थियो ।

एफ वान सफ्टले नै इसेवा, फोन पे, विभिन्न बैङ्कका मोबाइल एप आदि निर्माण गरेको थियो । एफ वान सफ्टका मालिक प्रधानमन्त्रीका सूचनाप्रविधि विज्ञ असगर अली र विश्वास ढकाल हुन् ।

काठमाडौं प्रेसले मंगलबार महंगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

बुधबार बिहान १०ः४० बजे उक्त समाचार समाचार पोर्टलबाट डिलिट भएको काठमाडौंप्रेस अनलाइनले जनाएको छ।

अन्लाईनले एफवान सफ्टवयरका अध्यक्ष विश्वास ढकाल र सीईओ सुवास शर्माले फोन गर्दै काठमान्डौप्रेसले राखेको समाचार हटाउन आग्रह गरेको थियो ।

काठमान्डौप्रेसले समाचार हटाउन नमानेपछि सिरान टेक्नोलोजीका प्राविधिकले फोन गरी समाचार हटाउनै पर्ने भन्दै दबाब समेत दिएका थिए । तर केहि समय पछि लिंक डिलिट गरेको आरोप लगाएको छ।

आफूविरुद्ध प्रकाशित समाचार प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अली साझेदार रहेको कम्पनीबाट डिलिट भएको भन्दै सामाजिक सञ्जालमा धेरैले यसको विरोध जनाइरहेका छन् भने ईसेवा बहिस्कारको अभियान प्रयोगकर्ताले सुरु गरेका छन् ।