Simta
Simta
lekbesi

उपप्रधानमन्त्री ईश्वर पोख्रेलविरुद्द अख्तियारीमा उजुरी ,

Gurvakot

चैत २० ,काठमान्डौ – उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै पोख्रेलविरुद्द उजुरी परेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ अनि ओम्नी ग्रुपका सञ्चालकविरूद्ध आफूले अख्तियारमा उजुरी दिएको बताए।

lekbesi

आफुले इमेलबाट उजुरी पठाएको र सूचना आएको बताउदै नेपालमा महासंकट परेकोबेला स्वास्थ्य सामग्री ल्याउँदा कमिसन खाने र मुलुकलाई हानी पुर्‍याउने गरी ठेक्का सम्झौता गरेको पाइएकाले उनीहरूमाथि अनुसन्धान गरी मुद्दा चलाउन माग गरेको छु।

त्रिपाठीले उनीहरू सबैलाई तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन पनि उजुरीमा माग गरेका छन्। अन्यथा उनीहरुले भ्रस्टाचारका सबुत लुकाउन तिर लाग्ने छन् तेसैले तत्काल उनीहरुलाई कारवाही अगाडी बढाउन पर्छ उनले भने ।

अख्तियार दुरूपयोग आयोग ऐनको दफा १६ र भ्रष्टाचार निवारण ऐनको दफा ३१ बमोजिम तत्काल हिरासतमा लिनु अनुसन्धान तहकिकात गरेर आयोग ऐनको दफा १८ र भ्रष्टाचार निवारण ऐनको दफा ३६ अनुसार मुद्दा चलाउनु भन्ने माग मेरो उजुरीमा छ त्रिपाठीले भने।

तेस्तै हिजोमात्र विवेकशील नेपाल दलका प्रदेश सभा ३ का सदस्य रमेश पौडेलले यही ठेक्का सम्झौतामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध अख्तियारमा अनलाईन मार्फत उजुरी दिएका थिए।

सरकारले ओम्नीसँग गरेको ठेक्का सम्झौता रद्द गरिसकेको छ। ठेक्का रद्द पछि नेपालि सेनालाई स्वास्थ्य सामाग्रीको ठेक्का दिनेकी भन्ने बहस चलेपनि सेनालाई ठेक्का दिनुहुन्न भन्ने सामाजिक सञ्जालभरि विरोध भईरहेको छ ।

Simta