Simta
Simta
lekbesi

कोरोनाविरुद्द साझा लडाई हो ,राजनीतिक पूर्वाग्रह नगरी नागरिकलाई सहयोग गरौ माननीय धुर्व शाही ,

Gurvakot

चैत २१ ,काठमान्डौ – नेपालमा पनि कोरोनाविरुद्द साझा लडाई लड्नपर्ने दिन आएको हुनाले राजनीतक पूर्वाग्रह नराखी सबैले नागरिकलाई सहयोग गर्न कर्णाली प्रदेश सुर्खेतका माननीय धुर्ब कुमार शाहीले बताएका छन् ।

कोरोना संक्रमणले अहिले विश्वनै स्तब्ध भएको बेला नेपालमा पनि यसको यसको रोकथाम तथा नियन्त्रणको लागि सरकार नेताको मात्र मुख नताकी जनता आफैपनि सुरक्षित रहनु आफ्नो दायित्व रहेको शाहीले बताए ।

कोरोना संक्रमणका बिरामी दनिक नेपालमा पनि देखिन थालेको र क्वारेईनटाईन ,आईसोलेसनमा बिरामी बढ्न थालेको हुनाले सबै नागरिक सचेत हुनपर्ने शाहीले बताए ।

lekbesi

हामीले विश्वबाट पनि पाठ सिक्न पर्छ ,यो यस्तो संकट हो न त पैसालेनै काम गर्छ न भगवानले । पैसाले मान्छे बचाउन सकिने भए अमेरिकामा आज तेती धेरै मान्छे मर्दैनथे होला ,अमेरिका विश्वमानै शक्ति राष्ट्रहो तर पनि कोरोना रोकथाम गर्न सकेन ।

तेस्तै अन्य देशका उदाहरण पनि सबैले जानकारी पाइराखेकै कुरा हो ।यसको नियन्त्रण र रोकथाम भनेकै सेल्फ क्वारेईन टाईन हो ।

,अहिले आफ्नै हात र आफ्नै घर परिवारसंगनै शंका मान्ने बेला भएको हुँदा लकडाउनलाई पालना गरि सबै नागरिक सुरक्षित बस्न शाहीले आग्रह गरेका हुन् ।

कोरोना संक्रमणको बेला समाजिक सञ्जाल भरि अफवाह फैलाउने र गलत सुचना कसैले नगर्नपनि शाहीले बताए ।

सामाजिक सञ्जाल टेलिभिजनमा समेत म हेर्ने गर्छु जँहाकि यो पार्टीले गरेन त्यो पार्टीले गर्यो कोरोनाको समाजिक लडाई हो राजनीतिक कुण्ठा र चुनाबको बेला जस्तो प्रचार बाजी गर्ने होइन ।

टेलिभिजन ,सामाजिक सञ्जालमा बोल्दैमा कोरोना नियन्त्रण हुने होइन उनले भने । कति पयलई भने यो कोरोनाले गर्दा आरोप लगाउन सजिलो भएको छ ।

गल्ति गर्नेले सजाय पाउछ, राज्यले कसैलाई छोर्दैन अहिले (कोभिड १९ ) रोकथाम र नियन्त्रणको बेला सबै मिलेर जुध्न आग्रह गर्दछु शाहीले भने ।तेस्तै लकडाउनको बेला कुनैपनि नागरिक यता उता नहिडि यथास्थितिमा बस्न पनि उनले आग्रह गरेका हुन् ।

महिनौ लकडाउन हुने दिनपनि आउन सक्छ ।तेसैले यथास्थितिमा बसी कुनै कुराको आवस्यक परे सरकारले दिएका टेलिफोन र सम्पर्क कार्यालयमा सम्पर्क गर्न पनि शाहीले आग्रह गरे ।

सिमानामा अलपत्र परेका नागरिकको पनि बस्ने खाने वेवास्था र क्वारेईनटाईनमा राख्ने काम भैरहेको शाहीले बताए । गत १८ गते पछि कुनैपनि नागरिक जुन्स्थान मा छन् तेही वेव्स्था गर्ने भन्ने राज्यले निर्णय गरेको छ ।

तेसैले को कसैले अलपत्र ढंगले नहिडि आवस्यक परे सम्पर्क गर्नपनि शाहीले आग्रह गरेका हुन् । माक्स र साबुन वितरणमा समेत गुनासो आएको छ भने सुनिन्छ ।

,सानो मन नगरी आफु सुरक्षित हुन ध्यान दिउ ,कोरोना संक्रमणका लक्षन देखिन थाले नजिकको कोरोन स्थल वा स्वास्थ्यसंथामा सम्पर्क गर्न पनि माननीय शाहीले जनहितमा आग्रह गरेका हुन् ।

नेपालमा हाल सम्म (कोभिड १९ ) कोरोना संक्रमित ६ जना देखिएका छन् ति मध्ये एक जना उपचार पछि ठिक भएर फर्किसकेका छन् ।

विश्व स्वास्थ्यसंगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा अराखिसकेको हुनाले सबैले ध्यान दिनुपर्ने हुन्छ । विश्वका ठुला शक्ति राष्ट्रले त कोरोना नियन्त्रण गर्नसकेनन भने नेपालमा महामारी भयो भने नेपालले थेग्न नसक्ने समेत शाहीले बताए ।

Simta