पोखरामा कोरोना पोजेटिभ भेटिएको छैन स्वास्थ्य मन्त्रालय ,

चैत २१ ,पोखरा – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारे ।

यस्तै कास्कीमा कोरोना भाइरस संक्रमित हालसम्म नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखराबाट केही नमुना थप परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको बताए।

lekbesi

मेसिन नँया छ कोरोनाको लागो दोहोरो परिक्षन गर्नपर्छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पीसीआर मेसिनमा जाँच गरिएका स्वाब केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण भइरहेको उनले बताए।

पोखराको मेसिनको नतिजा शंकास्पद लागेपछि पुनः परीक्षणको लागि शुक्रबार विहान केन्द्रीय प्रयोगशाला काठमान्डौमा स्वाब पठाएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए।

जनशक्ति दक्ष भईनसकेको र केहि शंकास्पद स्वाब पठाईएको हो । ऐलेनै कोरोना पुस्टि भन्न सकिनन् रिपोर्ट पोजेटिभ वा नेगेटिभपनि देखिन सक्छ उनले भने ।

प्रयोगशालाले पहिलो जानकारी केन्द्रलाई गराउनुपर्ने भएपनि त्यस्तो रिपोर्ट हालसम्म नआएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज शर्माले बताए।