lekbesi

अर्थमन्त्रि प्रकाश ज्वाला र भिम प्रकाश शर्माले गरे नगरपालिकालाई स्वास्थ्य समाग्री हस्तान्तरण ,

Gurvakot

चैत २१ ,काठमान्डौ – कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि कर्णाली प्रदेश सरकार अर्थमन्त्री प्रकाश ज्वाला ,र राजनीतिक सल्हाकार भिम प्रकाश शर्माले नगरपालिकालाई स्वास्थ्य सामग्री पाठाएका छन् ।

कर्णाली प्रदेश बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाँउपालिकालाई PPE मन्त्रि प्रकाश ज्वाला र सल्हाकार भिम प्रकाश शर्माले आफ्नो ब्याक्तिगत तर्फबाट र स्वास्थ्य सामग्रीका कार्टुन सर्जिकल माक्स प्रदेश सरकारको तर्फबाट हस्तान्तरण गरेका हुन् ।

बनगाड कुपिण्डे नगरपालिकालाई PPE १० सेट सर्जिकल माक्स २ हजार थान संगै औषधि अन्य समाग्री हस्तान्तरण गरिएको छ ।

lekbesi

तेस्तै कुमाख गाँउपालिकालाई PPE १० सेट सर्जिकल माक्स १५ सय थान संगै अन्य स्वास्थ्य समाग्रीका कार्टुन पठाईएको कर्णाली प्रदेश सरकारका राजनीतिक सल्हाकार भिम प्रकाश शर्माले बताए ।

तेस्तै अन्य गाँउपालिकाका स्वस्थ्य संस्थाहरुलाई पनि आफुहरुको तर्फबाट छिट्टै स्वास्थ्य सामग्री र औषधि पठाईने कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले बताए ।

कोरोन माहामारीसंग जुध्न आफुहरु जुनसुकैबेला पनि तयार रहेको मन्त्रि ज्वालाले रंग दर्पणलाई बताए ।

कोरोना रोकथाम तथा नियन्त्रण भनेको सेल्फ क्वारेईन टाईननै मुख्य उपाए हो जसको लागि सरकारले गरेको लकडाउनलाई सबै नागरिकले कर्तव्य पुरा गरि पालना गर्नपनि मन्त्रि ज्वालाले आग्रह गरे ।

प्रदेश र मन्त्रालयबाट हस्तानारण गरिएको स्वास्थ्य सामग्री पर्सि आईतबार सम्म सबै स्वास्थ्य संस्थामा पुगिसक्ने बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य प्रमुख बासु पोख्रेलले बताए ।

 

Simta