Simta
Simta
lekbesi

रास्ट्रपति भण्डारीको देश देशवासीको नाम सम्बोधन कोरोनालाई जितिन्छ ,

Gurvakot

चैत २१ ,काठमान्डौ – कोरोना संक्रमको बारेमा रास्ट्रपति विद्या देवी भण्डारीले शुक्रबार साँझा देश बासीको नाममा सम्बोधन गर्दै कोरोनालाई जितिने बताएकि छिन  ।

लकडाउनका कारण दैनिक जीवनमा केहि अप्ठ्यारा पक्कै भएका छन् । तर अमुल्य जीवन जिउन संयमित भएर घरभित्रै रहन रास्ट्रपतिले आह्वान गरेकी छिन् ।

शुक्रबार साँझ देशबासीको नाममा एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले महामारीको बेला सबैभन्दा जोखिमयुक्त कामगर्ने स्वास्थ्यकर्मी, सम्पूर्ण स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै पक्षको धैर्यताप्रति उनले सम्मान व्यक्त गरेकी छिन् ।

lekbesi

सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको रास्त्रपतिले बताएकी छन्।

अहिले सम्म आन्तरिक समस्या देखिएको छैन । बाहिरबाट संकर्मित भएर आएकालाई पत्ता लगाई उपचार गरिएको हो ।

सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनु पर्दछ भण्डारीले भनिन ।

संसारका विभिन्न मुलुकमा रहेका नेपालीलाई सुरक्षित रुपमा रही जो जहाँ भएपनि आफ्नो ठाउँबाट कोरोनाविरुद्धको लडाइलाई सफल पार्न सहयोग गर्न रास्ट्रपति भण्डारीले अनुरोध गरेकी हुन् ।

Simta