स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया नेपालि सेनाले रद्द गर्यो ,

चैत २१ ,काठमान्डौ – कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ ।

हिजो सम्म स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपालि सेनालाई दिने भनेपनि याको चौतर्फी विरोधपनि भएको छ ।

तेस्तै अब सरकारले स्वास्थ्य समाग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । सेनाले स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान समेत गरेको थियो ।

lekbesi

सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो ।

सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री किन्ने निर्णय गरेकाले सेनाले पनि अब जिटुजीमार्फत सामग्री खरिद गर्छ ।

सरकारबाट प्राप्त १० करोडमा आजैदेखि २० बेडको आइसीयूको काम भइरहेको छ भने ७ करोडको टेन्डर प्रक्रिया रद्ध भएको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

तेस्तै नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिन नमिल्ने बताएका छन् । सेनालाई स्वस्थ्यसमग्री किन्न लगाउनु सुभ लक्षन नभएको पौडेलको तर्क छ ।

सेनाले गरेपछि छानबिन पनि नहुने र मन्त्रिपरिषदले निर्णय गरेपछि अख्तियारले पनि हेर्न पाउँदैन, त्यसैले जे गर्दा पनि हुन्छ भन्ने बेइमानीपूर्ण मनोवृत्ति देखिएको छ पौडेलले भने ।

नेपाली सेनाको मुख्य जिम्मेवारी भनेको राष्ट्रिय अखण्डता, सार्वभौमिकताको रक्षा गर्नु हो । तर पछिल्लो समय सेनाको काम भनेको ठेक्कापट्टा र व्यापार व्यवसायमा केन्द्रित हुन थालेको छ ।

तेसैले सेनालाई स्वास्थ्य सामग्री खरिद गराउने भुल सरकारले कहिले पनि नगर्न विज्ञहरुले बताएका छन् । यस्तै विवाद र जिटुजीमार्फतका कारण नेपालि सेनाले स्वास्थ्य सामग्री ल्याउने जिम्मा रद्द गरेको हो ।