अपराहन्न ४ बजे मन्त्रिपरिषद बैठक बस्दै लकडाउन बढाउने वा के गर्ने भन्नेमा निर्णय हुने ,

चैत २२ ,काठमान्डौ – आज अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।बैठकमा सरकारले गरेको लकडाउन स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल हुने बालुवाटारको विशेष श्रोतले जनाएको छ ।

सरकारले गत ११ गते बाट १८ गते सम्म लकडाउन गरेको थियो । नेपालमा कोरोना संक्रमणका बिरामी बढ्न थालेपछि एक साता थप्ने गरि १८ गते बाट २५ गए रातको १२ बजे सम्म लकडाउनको घोषणा गरेको थियो ।

आजको बैठकले यो लकडाउन थप्ने वा न थप्ने भन्ने निर्णय गर्ने श्रोतले जनायो । त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने भएको छ ।

lekbesi