नेपालमा पहिलो पटक एक व्याक्तिबाट अर्को व्याक्तिमा कोरोना संक्रमणको पुस्टि ,

चैत २२ ,काठमान्डौ – नेपालमा पहिलोपटक स्थानियमा कोरोना संक्रमण देखिएको छ ।

तेस्तै एक व्याक्तिबाट अर्को व्याक्तिमा कोरोना संक्रमण देखिएको पनि नेपालमा यप पहिलो रेकर्ड रहेको स्वास्थ्य तथा जनसंख्या सम्न्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालयले कैलालीको धनगढीकी ३४ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको छ। ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

lekbesi

ती पुरुष दुबईबाट नेपाल आएका थिए । तेस्तै कैलालीमा २१ वर्षीय पुरूषमा पनि कोरोना भाइरसको पुष्टि भएको छ यी व्यक्ति मुम्बइबाट फर्किएका थिए ।

यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सम्म नेपालमा कोरोन संक्रमितको संख्या ९ पुगेको छ ति मध्ये एक जना सन्चो भएर घर फर्किसकेका छन् ।