एमालेले जनयुद्द शब्द न स्वीकारे पार्टी एकता असम्भब ,,

२३ चैत, बुटवल – नेकपा माओवादी केन्द्रका नेता मणि थापाले एकीकृत पार्टीको विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द उल्लेख नभए एमालेसँग एकता गर्न धेरै गाह्रो पर्ने बताएका छन् । जनयुद्द बाट हुमियको पार्टी माओवादी को पहिलो लेखन नै जनयुद्द भयको मणि थापाले बताय ।दुई पार्टी एकता गर्ने मिति समेत तय भयको छ यो सबैको लागि उपयुक्त सन्देश पनि हो, उनले भने ।

थापा माओवादी केन्द्रीय हेडक्वाटर सदस्य मात्र नभई ५ न .प्रदेशका इन्चार्ज पनि हुन्  ।रुपन्देहीको बुटवलमा आयोजित पत्रकार भेटघाटमा पार्टी एकताका लागि जनयुद्ध शब्द अनिवार्य उल्लेख हुनुपर्ने बताउदै उनले भने, यदि एमालेले पार्टी ‘एकता चाहेको भए जनयुद्ध शब्दलाई स्वीकारेर अघि बढ्नुपर्छ । हजारौ जनताको त्याग र बलिदानले देशमा गणतन्त्र र ,जनयुद्द, सफल भयको बताउदै यो ,जनयुद्द शब्द उल्लेख नभय जनताको रगतले पोल्ने पनि थापाले बताय।

एमालेले यो शब्दलाई स्विकार्छ हामि ढुक्क छौ, सम्मानजनक एकता हुन पर्छ एकता सानो ठ्लो होइन ? पार्टी एकता बिचारक हो शक्ति सन्तुलन होइन ,उनले भने समाजवादमा पुग्ने साझा लक्ष्य भएकाले सम्मानपूर्वक पार्टी एकता होस् ।यसैमा सबैको भलाई छ ‘हामी क्याडर बेसका हौं, एमाले मासबेस पार्टी हो तर, सम्मान गरेर जाँदा मात्रै समाजवादको ढोका खुल्छ र देशमा विकाश हुन्छ थापाले भने ।

थापाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण ऐतिहासिक हुने भन्दै यो भ्रमणले नेपाल भारत लाई थप उचाइमा पुर्याउने मद्दत गर्ने पनि बताय यस अघि नेपालमा आयको विदेश मन्त्रि सुष्मा स्वराज ले दियको अभिव्यक्ति र भारतीय प्रधानमन्त्री मोदी ले ३ पटक सम्म फोन गरेर निम्ता दिनुले नेपाल भारतको सम्बन्ध थप उचाइमा पुगेको पनि थापाले बताय ।