Simta
Simta
lekbesi

भारतको पुणेमा अलपत्र रहेका कैलालीका २० नेपाली लाई खाद्यानन वितरण ,

Gurvakot

चैत २२ ,काठमान्डौ – विश्वभरी माहामारीको रुपमा फैलिएको (कोभिड १९ ) कोरोना भाईरसका कारण विश्वमा हजारौं मानिसहरुले अकालमा aजीवन गुमाउन पुगेका छन्।

तेस्तै कोरोना संक्रमणबाट लाखौ व्याक्ति संक्रमित छन् । कोरोना भाईरसका कारण आज विश्वकै अर्थतन्त्र बिग्रियो भने खरबौं मानिसहरुको जनजिवन अस्त व्यस्त र त्रसित हुन पुगेको छ ।

आज विश्वमा रहेका हरेक मानिस आज एक घरबाट अर्को शर्मा जान मिल्दैन आफ्नै हात र आफ्नै परिवारसंग शंका लाग्ने बेला तर पनि मानिसलाई बाँच्न त पक्कै पर्छ।

lekbesi

आज लाखौ नेपालि भारतको विभिन्न सहरमा मजदुर गर्ने गर्दछन । भारतमा पनि कोरोना संक्रमणले उग्र रुप लिएको छ भने कतिको मृतु भईसकेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै भारत सरकारले पनि तिन साता लकडाउन संगै कर्फ्यु लागु गरेको छ । लकडाउनक कारण भारतमा रोजगार गर्ने हजारौ नेपालि नागरिक मर्का परि रोजगार विहिन भएका छन् ।

भारतको महाराष्ट्र राज्य को पुणे धानोरिमा अलपत्र परेका २० जना नागरिकलाई राहत स्वरुप खाद्यान सहयोग गरिएको छ । लकडाउनमा परि रोजगार विहिन भई सांझा बिहान छाक टार्न मुस्किल रहेका नेपालि दाजु भाईलाई राहात वितरण गरिएको हो ।

अखिल भारत नेपालि मन्च पुणे नगर समितिका सचिवालय सचिव पारस रावतको पहलमा अत्यन्तै विचलित रहेका २० नेपालीलाई खाद्यनको ब्यबस्था गरिएको हो ।

भारतमा विचल्ली रहेका अन्य नेपालिलाई पनि सम्पर्कमा ल्याउन क्रम जारीरहेको र उनीहरुलाईपनि राहतको ब्वावास्था गरिने रावतले बताए ।रावतका अनुसार नेपालको सुदुरपश्चिम कैलालीका २० जनालाई राहत वितरण गरिएको हो ।

सरकारले गरेको लकडाउनलाई धैर्यता गरि पालना गर्नपनि स्वस्देश विदेशमा रहेका हरेक नेपालिलाई रावतले आग्रह गरेका छन् ।

 

Simta