Simta
Simta
lekbesi

कोरोनाका कारण मृतु हुनेको सुचना सरकारले लुकाएको हुनसक्ने विप्लवको भनाई ,

Gurvakot

चैत २२ ,काठमान्डौ – कोरोना संक्रमणक मृतु हुनेको संख्या सरकारले दबाएको हुनसक्ने प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव नेकपाले आसंका गरेको जनाएको छ ।

निजि क्षेत्रबाट संचालन भएका अस्पतालले बिरामीको उपचार गर्न अस्विकार गर्नु र केहि बिरामीको अस्पतालमा बिरामी हुनुले सरकारको सूचना प्रणाली विश्वसनीय नदेखिएको शनिबार एक विज्ञप्ति मार्फत विप्लवले जनाएको हो ।

तेस्तै चितवन लगायत अन्यत्र स्थानमा सयौ सयाको अस्पताल संचालन गरेको प्रचारबाजी गरेपनि त्यसप्रकारको अस्पताल नभएको र अस्पतालमा सामग्री नभएको पनि विप्लवले जनाएको छ ।

lekbesi

निजि अस्पतालले बिरामीको जाँच गर्न मानेन केहिको अस्पतालमा मृतु भएको छ। बिरामीहरु कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका बढेको देखियो विप्लवले विज्ञप्तिम अभानेको छ ।

विदेशमा अरहेका नेपालीलाई स्वदेशम ल्याउदा टिकेटमा समेत कमिसनखोरी गरिएको र नेपालमा समेत कोरोनाको भयाबह आउनसक्ने संकेत प्रस्ट थाहाहुँदापनि सरकारले अहिले सम्म स्वास्थ्य सामग्री खरिद नगरेको र खरिद गर्न खोज्दा अनियमितता गरेको विप्लवले विज्ञप्ति मार्फत जारि गरेको छ ।

कोरोना संक्रमित भएको आशंकामा बिरामीलाई उपचार गर्नुको बदला तेस्ता बिरामीलाई विभिनन अस्पतालमा घुमाईएको पाईएको छ ।

यस्तो अवस्थामा राज्य संयन्त्रले इमान्दार भएर कोरोना नियन्त्रण र निर्मूल पार्नका लागि विशेष पहलकदमी लिनुपर्नेमा विप्लवले जोड दिएका छन् ।

तेस्तै कोरोना संक्रमण भाईरसविरुद्द आफ्नो पार्टीले विभिनन भूमिका खेल्ने पनि विप्लवले विज्ञप्तिमा सार्वजानिक गरेको छ ।

विदेशमा रहेका नेपाल फर्कन चाहने नेपालीलाई स्वदेश ल्याउन र अन्तरास्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वस्थ्यसं गठनको मापदण्ड बमोजिम क्वारेईन टाईनमा राख्नुपर्ने विप्लवले बताएको छ ।

Simta