कैलालीका कोरोना संक्रमित व्यक्ति गौरीफन्टामा रोकिएका ९ सय ९८ जना नेपालीहरु संगै थिए ,

चैत २२ ,काठमान्डौ – आज एकै दिन सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका तिन बिरामी फेला परेको स्वस्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित हुनेहरुमा २१ र ४१ वर्षीय पुरुष र ३५ वर्षीया महिला रहेका छन् । मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

भारतको मुम्बईबाट आएका २१ वर्षीय युवक चैत १३ गते कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका थिए ।

lekbesi

यसैगरी उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय व्यक्ति चैत १३ गते कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका थिए ।

२१ वर्षीय युवक कैलालीको प्रतापपुरका र ४१ वर्षीय पुरुष कञ्चनपुरको बेदकोटका बासिन्दा रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

चैत २ गते कञ्चनपुरको वेदकोटबाट ४१ वर्षीय ती पुरुष भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए ।

उनीसँग काम गर्ने ११ जना एउटै टेण्टमा बस्थे । सबैजना रातिमा लाइनसँग सुत्थे । उनीहरुको पकाउने चुल्हो समेत एउटै रहेको पाइएको छ ।

विश्वमा कोरोनाको त्रास बढेपछि भारतमा पनि कोरोना संक्रमणका बिमारी बढ्न थाले र कतिको ज्यान गयो । त्रासकै बेला भारतमा लकडाउन भएपछि नेपाल आउने भन्दै ति व्याक्ति अवैध बाटो भएर नेपाल छिरेका थिए ।

पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका पाइएपछि चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल–भारत सीमा बन्द हुँदा गौरीफन्टा नाकामा २८ घण्टा रोकिएका ९ सय ९८ जना नेपालीहरुको भीडमा कैलालीका तिनै २१ वर्षीय युवक थिए, जसमा कोरोना संक्रमण पुष्टि भएको औपचारिक जानकारी सरकारले शनिबार दिएको छ ।

स्रोतका अनुसार उनी चैत १२ गते राति १० बजे त्यहाँबाट बस चढेर १३ गते लम्कीचुहा नगरपालिका–९ प्रतापपुरस्थित घरमा पुगेका थिए ।

संघीय सरकारले नाकाबन्दी गरिसकेपछि सीमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई २१ वटा बसको व्यवस्था गरी सम्बन्धित जिल्लामा पठाइएको थियो ।

संक्रमितसँगै रहेका सबैलाई घर पठाइएको बसमा को–को थिए भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

अवैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै काठमाडौँस्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिमले उनको स्वाव परीक्षणका लागि ल्याएको थियो ।

परीक्षणको क्रममा ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखियो । स्वास्थ्य मन्त्रालयले आज मात्र ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो ।

कोरोना पोजिटिभ देखिएका ती पुरुषलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा एम्बुलेन्समा राखेर लगिएको थियो ।

हाल उनको उपचार भइरहेको छ । कञ्चनपुर र कैलालीका पछिल्ला तीन नमूना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमित नेपालीहरुको संख्या ९ पुगेको छ ।ति मध्ये एक जना ठिक भएर फर्किसकेका छन् ।