व्याक्ति वा संस्थाले दिएको राहत स्थानीय सरकार मार्फत दिदा प्रभावकारी हुन्छ त्रिपाठी ,

चैत २३ नवलपरासी पश्चिम -,जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले  एकद्वार प्रणालि बाट राहत बाड्ने कुरा स्वागतयोग्य रहेको समाजसेवी धिरज त्रिपाठीले बताएक छन् ।

राहत वितरणमा यो प्रणालीलाई छिटो भन्दा छिटो स्थानिय सरकार मार्फत यसलाई कार्यनीतिमा स्थान दिनु पर्नेपनि त्रिपाठीले बताए ।

कुनै व्यक्ति वा संस्थाले राहत बाड्नु गलग नभए पनि यसले गलत अर्थ समाजमा विकृतिको रुप लिन सक्ने उनको तर्क छ ।

lekbesi

यदि ति व्यक्ति ,संस्था र राजनिती दलले राहत दिन इच्छुक भएमा स्थानीय सरकार वा जिल्ला प्रशासन मार्फत दिदा प्रभावकारी  र सुरक्षित पनि हुने त्रिपाठीको जोड छ ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोक्न उच्च सतर्कता अपनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।

यसरी व्यक्ति ,संस्था र कुनै राजनितिक दलले राहत वितरण कतिपय ठाउँमा न्युनतम सुरक्षाका मापदण्ड पनि नआौंल्याइएको पाईएकोले ढिलै भएपनि यो नीति लागू भएकोमा त्रिपाठी खुशी भएका हुन ।