जनता बचाउन तिर लागौ सामाजिक सञ्जालमा आलोचना गरेर कोरोना नियन्त्रण हुन्न उपरकोटी ,

चैत २३ ,काठमान्डौ – अहिले विश्वनै कोभिड १९ को संक्रमणले थिलो मिलो भईरहेकोबेला विश्वका शक्तिशालि देशहरुनै हार खाईरहेका छन्।

हाम्रो देशमाम भने कोरोना भाईरस सबन्धि जनचेतना फैलाउने मुलुक र सरकारको काम कारवाहीलाई सहयों गर्ने बेलामा अहिले नेता कार्यकर्ताहरुनै पुर्व समूह र अर्को समूह बनाउने एक अर्कामा सामाजिक सञ्जालमा आरोप प्रत्यारोप तिर लागेको वन मन्त्रालयका स्वकीय धिरज उपरकोटीले बताए ।

अहिले सरकारको कामलाई सहयोग गर्ने बेला छ ,काम गर्दा कमजोरी सबैका हुन्छन आलोचना गर्नलाई समय भोलि पनि आउने भएकोले अहिले मानव जाति कसरि बचाउने भन्नेमा लाग्न धिरजले बताए ।

lekbesi

संकटको महामारीमा काम नगरी कराउनु भन्दा गल्ति गरेका हरुको नाम लिस्ट कोरेर राख्नुहोस समय आएपछि बैठकम छलफल गरौला कारवाही गरौला । नेपालमा पनि अहिले कोरोना विरुद्द साझा लडाई गर्ने बेला आएको छ ।

सामाजिक सञ्जालभरि आरोप प्रतिआरोप गरेको देखिन्छ ।कसले देको पार्टी त र म भनें जरुरि छैन जनता नरहे के को पार्टी के को नेता भोलि पृथिवीबाट मानव वास्तिनै सखाप हुनसक्छ ।

अहिले देशले खोजेको एकता हो ,एकतामानै बल छ सबै राजनीतिक दल नेता कार्यकर्ता मिलेर कोभिड १९ रोकथाममा लागे सबैको यसमानै हित हुने धिरजले बताए ।

यो विश्वको लडाई हो, विश्वमा देखिएको कोरोनाको प्रतक्ष्य असर नेपालमा पनि देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेनै नेपालमा कोरोनाको दोश्रो चरण भनिसकेको हुनाले एक अर्कामा विरोधम अलागेको देखिन्छ एक अर्कामा विश्वास र सहयोग गरि अगाडी बढ्न उनले बताए ।

आज पहिलोपटक शहर गाँउ देखिएको छ । कोरोना संक्रमणले आफ्नै घरका मान्छे र आफ्ना खाने हात संग शंका लाग्ने समय अहिले छ उपरकोटीले भने ।विरोध नगरी राज्य र जनताको लागि काम गर्न अगाडी बढौ अहिले म को हु भन्ने भन्ने बेला आएको छैन ।

तेस्तै कोरोना संक्रमणबाट बच्नु भनेकै सेल्फ क्वारेईनटाईनमा बस्नु अहिलेको आवस्यकता रहेकोले सरकारले गरेको लकडाउनलाई सबैले पालाना गर्नपनि उपरकोटीले आग्रह गरेका छन् ।

नेपालमा हाल सम्म ९ जनालाई कोरोन असंक्रमण फेला परिसकेको छ ति मध्ये एक जना ठिक भएर घर फर्किसकेका छन् ।

यदि विश्वका शक्तिशालि रास्ट्र अमेरिका ,चीन,ईटाली ,स्पेन ,फ्रान्स जस्ता १०५ मुलुकबाट हामीले केहि पाठ सिकेनौ भने नेपालले त्यो महामारी कसरि रोक्न सक्ला यो सबै आम जनमानसको प्रश्न हो उनले भने ।