नेकपा गुर्भाकोट नगरकमिटि कार्यायको कोरोन रोकथाम तथा नियन्त्रण अनुगमन समिति चयन ,

चैत २३ ,काठमान्डौ – कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुर्भाकोट नगरकमिटि कार्यालयको बैठक सम्पन्न भएको छ ।

बैठकले कोरोना नियन्त्रण तथा अनुगमन समिति गरि १९ सदस्यीय कोरोना नियन्त्रण तथा अनुगमन समिती गठन गरिएको नेकपा गुर्भाकोट नगर सचिव मोति विकले बताए ।

विश्वनै महामारीको संकटमा परेको बेला नेपालमा पनि यसको चरण र असर फेला परेको छ । सरकारले कोरोना संक्रमणबाट बच्न लकडाउन गरेको छ ।

lekbesi

उक्त कोरोनाको महामारी नगरबासीमा फैलन नदिन र स्थानीयमा जनचेतना फैलाउन नेकपा गुर्भाकोट नगरकमिटिले कोरोना रोकथाम तथा नियन्त्रण अनुगमन समिति चयन गरेको हो ।

लकडाउनको अहिलेको परिस्थितिलाई सबै गुर्भाकोट बासिलाई शान्त भएर पालना गरिदिन पनि बैठकले अपिल गरेको छ ।

तेस्तै बैठकले गुर्भाकोट नगरकमिटि भित्र कोरोना रोकथाम तथा नियन्त्रणको लागि निम्न अनुगमन समिति सदस्य चयन गरेको छ ।

समितिले नगरबासीलाई कोरोनाबाट सुरक्षित हुन र संक्रमित मुलुकबाट आएका व्यक्तिहरुको खोजि गर्ने देखि विपन्न वर्गलाई राहतको वेवास्था समेत मिलाउने बताएको छ ।

नगरबासीमा रहेका स्थानियमा कोरोना संग मिल्दा जुल्दा लक्षन देखिए तत्काल अस्पताल तथा क्वारेईनटाईनमा राख्ने व्यवस्था पनि समितिले गर्ने बताएको छ ।

कोरोना नियन्त्रण अनुगमन समितिमा ,

संयोजक क देब ब खत्री
उप संयोजक क मोति बि क
सद्स्यहरु क देबेन्द्र शाह
क अमृत प्र जैसी
क धन ब वलि
क राम ब शाही
क निर्देश वलि
क रिम ब बिस्ट
क रुद्र ब वलि
क बिरजित बिक
क देब ब खत्री
क भिम खड्का
क चन्द्र अधिकारी
क टिकाराम गिरि
क राजन बि सि
क टोप ब राना
क इन्द्रदेब गिरि
क दिपेन्द्र रावत