साउदी अरबमा ४ नेपालीलाई कोरोना संक्रमण ,

चैत २३ ,काठमान्डौ – साउदी अरबमा कार्यरत ४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले चार नेपालिमा कोरोना पुस्टि भएको जानकारी दिए ।

उनका अनुसार साउदी सरकारले साउदीको कुन प्रान्तमा काम गर्ने नेपाली हुन् भन्ने भने नजनाएको र चार नेपालिलाई कोरोना पुस्टि भएको बताएको बताए ।

साउन्दि सरकारले जुनसुकै व्याक्तिमा कोरोना संक्रमित भएपनि गुणस्तरीय उपचार गरिरहेको राजपुतले बताए ।

lekbesi

हामीले कोरोना संक्रमित भएका आफन्तसंग पनि कुरा गरिरहेका छौ उपचार निशुल्क पाईन्छ ढुक्क हुनुहोस भनेका छौ उनले भने ।साउदीमा हाल सम्म २९ जना संक्रमितको मृतु भईसकेको छ ।

आइतबारसम्म साउदीभर कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० पुगेको छ । शनिबारमात्रै थप १४० जनामा संक्रमण देखिएको छ ।

राजधानी रियादमा मात्र ६६ जनामा संक्रमण भएको । कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन् ।

दूतावासका अनुसार कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले शनिबारबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्रमा २४ घण्टे कर्फ्यू जारी गरेको छ । रियाद र दमाम क्षेत्रमा दिउँसो ३ देखि बिहान ६ बजेसम्म मात्रै कर्फ्यू लगाएको छ ।

दूतावासले कर्फ्यूको समयलाई पूर्ण पालना गर्नु नेपाली समुदायलाई आग्रह गरेको छ ।दूतावासले कर्फ्यू पालना वा उल्लंघनसम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक सञ्जालमा नराख्नुहुन पनि अनुरोध गरेको छ ।

राजदूत राजपुतले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका कामदारको अकामा तीन महिनाका लागि स्वत: नवीकरण हुने बताए ।

‘मार्च १८ वा सो पछि अकामाको म्याद सकिएकाहरु र जून ३० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलब्ध हुनेछ ।

यो व्यवस्थाले साउदीभित्र वा बाहिर भएका सबैलाई समेट्नेछ’, उनले भने, ‘अकमाको स्वत: नवीकरणको जानकारी टेलिफोनमा सन्देश पठाई गरिने समेत व्यवस्था गरिएको छ ।