Simta
Simta
lekbesi

कोरोना भगाउन तराईमा दिप प्रज्वलन ,

Gurvakot

चैत २४ ,नवलपरासी पश्चिम – विश्वव्यापी रुपमा संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को आइतवार नवलपरासी लगायत तराई मधेशको विभिन्न जिल्लाहरुमा कोरोना भाइरस विरुद्ध दिप प्रज्वलन गरिएको छ ।

तराईका विभिनन जिल्लामा कोरोना संक्रमण नहोस र यस महामारीको बेला दिन रात लडि रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवी लगायतलाई धन्यवाद दिदै यस भराइको अन्त्यका लागि स्थानिय नागरिकले ईश्वरसंग प्राथना समेत गरेका छन् ।

नवलपरासी पश्चिमको प्रतापपुर, पकलिहवा, परासी, सूर्यपुरा , गूठीप्रसौनी, हरपुर, महेशपुर लगायत स्थानमा उनलाई समर्थन गर्दै दिप प्रज्वलन गरिएको छ ।

lekbesi

आइतवार राति भारतीय समय राति ९ बजे घरको सबै लाइट बन्द ग़री घरको बहिर वा बाल्कोनीमा ९ मिनेट सम्म दिप, मोमबत्ती, मोबाइल को फ्लॉस लाइट, टर्च जलाई कोरोना भाइरस बिरुद्ध एकताको संदेश दिन दिप प्रज्वलन गरिएको हो ।

विश्वव्यापी फैलिरहेको कोरोना भाइरसका नकारात्मक उर्जा बढेका कारण त्यसलाई हटाउन र सकारात्मक उर्जा फैलाउन दीप प्रज्वलन गरेको स्थानीय कपिलदेव यादवले बताए ।

दिप प्रज्वलनले कोरोना विरुद्धको लडाइँमा विश्वभरी एकताको साथ रहेको सन्देश दिन खोजेको यादवले बताए ।

दिप जलाउनले रोग मुक्त हुन्छ, वातावरण स्वच्छ हुन्छ र हावा सफा हुन्छ भने कुरा शास्त्रमा उल्लेख रहेको पंण्डित रामानन्द पाण्डेय बताऊछन ।

तेस्तै तराईमा दिप प्रज्वलन गर्दै मुकेश जसिवाल आफ्नो सामाजिक संजालमा लेखछन् जब सारा दुनिया डगमगा रहा था,
तब हमारा देश जगमगा रहा था,

तेस्तै रिशभ पाण्डेले आफ्नो हातमा मोबाईलको फ्ल्यास लाईट बालि लेख्छन गो कोरोना ,

भारती प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) को अन्धकारलाई हटाउनका लागि अप्रिल ५ अर्थात् आइतबार देशभर सबैजनालाई एकसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोबाइलको फ्ल्यास लाइट बाल्न आग्रह गरेका थिए ।

अंगद यादव/ नवलपरासी पश्चिम,

Simta