कोरोना सचेतनामुलक संदेश संगै विद्यार्थीलाई मास्क बितरण ,

चैत २४ ,नवलपरासी पश्चिम – विद्यालयमा कोरोना नियन्त्रणको जनचेतना संगै मास्क वितरण गरिएको छ ।

नवलपरासी पश्चिम प्रतापपुर गाँउपालिका वडा नं ७ मा रहेको गणेश माध्यमिक विद्यालय बसहियाले कोभिड १९ बाट बच्न विद्यार्थीलाई जनचेतना मुलक संदेश संगै मास्क वितरण गरेको हो ।

विश्वभरि फैलिरहेको महामारी कोरोना भाईरस (कोभिड-१९) को संक्रमणको रोकथाम र नियन्त्रणका लागि नवलपरासी पश्चिमले विद्यालय हुँदै विद्यार्थीका घरमा घर घरमा पुगेर सचेतना सहितको मास्क बितरण गरेको छ ।

lekbesi

विद्यालयको सम्पूर्ण शिक्षकहरु व्यक्तिगत लगानीले मास्क खरीद गरिएको छ । स्थानीय शिक्षकहरुलाई विद्यार्थी क्षेत्र रहेको टोल टोल घर घरमा पुगि सचेतना सहित माक्स बितरण गरिएको गणेश मा. वि. विद्यालय को प्रधानाध्यापक अभिन्नदन सिंहले जानकारी गराउनु भएको छ ।

कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको नियम पालना गर्ने साबुनपानीले हात धुने मास्क लगाउने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।

एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई परीक्षाको तयारी गर्दै रहने र घरमा अध्यन गर्दा केही समस्य भए सम्बन्धित विषयको शिक्षकसंग फोन मार्फत समस्याको समाधान गर्न विद्यार्थीहरु संग भनिएको थियो ।

७५० विद्यार्थीहरुलाई तथा असक्त व्यक्तिलाई एक एक वटा मास्क वितरण गरेको प्रधानाध्यापक सिंहले बताउनुभयो थियो ।