दुबईमा कोरोनाका कारण एक जना नेपालीको मृतु ,

चैत २४ ,काठमान्डौ – युएईमा कोभिड १९ का कारण एक नेपालीको मृतु भएको छ ।रुपन्देही देबदह ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको र सोमबार मात्र प्राप्त रिपोर्टबाट पुष्टि भएको हो ।

गत शुक्रबार बिनुको युएईमा आफ्नै काम गर्ने घरमै मृतु भएको थियो । ४० वर्षीया बिनुलाई तुरुन्त अस्पताल लगिएको तर अस्पतालले शुक्रबार नै मृत घोषणा गरेको थियो।

उनी कोरोनाका कारण बिरामी परेपनि समयमा अस्पताल नलगिएकाे बुझिएकाे छ ।दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमान डोलराज पराजुलीलाई उपलब्ध गराएको थियो।

lekbesi

९ वर्षबाट दुवैमा काम गरिरहेकी पराजुली पछिल्लो समय काम चेन्ज गर्ने भन्दै भिजिट भिषामा दुवैस्थित एक भारतीयको घरमा काम गर्ने गरेकी थिइन् ।उनका श्रीमान डोलराज एक महिनादेखि भिजिट भिसामा युएईमा नै थिए।

कोरना सन्त्रासको बेलामा बिनुको शव नेपाल नल्याउन सकिने भन्दै उतै दाहाससंस्कार गरिने बिनुका आफन्तले बताएका छन् ।

नेपाली दुतावास युएईका उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले भने यो विषयमा जानकारी दुतावासमा आइनसकेको बताए ।

दुवैमा ११ जना नेपालि कोरोना संक्रमणमित छन् ति मध्ये दुई जना ठिक भएर फर्किसकेका छन् ।