Simta
Simta
lekbesi

जाजरकोटका दुई छात्रा लकडाउनले ३ दिन सम्म कोहोलपुरमा भोकै कँहा छ राहत ,

Gurvakot

चैत २४ ,काठमान्डौ – जाजरकोट भेरीनगरपालिका ६ का दुई विद्यार्थी लकडाउनका कारण तिन दिन सम्म भोकै रहेको जानकारी भएको छ ।

जाजरकोटबाट कोहोलपुरमा अध्यन गरिरहेकी दिपा ओली र हिरा ओली लकडाउनमा परेर कोठामा खाने कुरा सकीएपनि भन्ने ठाँउ र पैसा नभएपछि तिन दिन सम्म भोकै रहेको नजिकका स्थानियले बताएका छन् ।

वाईड नलेज टेक्निकलकलेज कोहलपुरमा अध्यनरत ति दी छात्रा भोकै रहेको स्थानियले थाहा पाएलगतै कर्णाली बाँके विद्यार्थी सम्पर्क मनचले एक बोरा चामल चारक केजी दाल नुन लगायको खाद्याना सहयोग गरेको छ ।

lekbesi

विद्यार्थी ३ दिनसम्म भोकै रहेको खबर आएपछि कर्णाली बाँके विद्यार्थी सम्पर्क मनचका अध्यक्ष अमृत खत्रीले उनीहरुलाई खाद्यान सहयोग गरेका थिए ।

कोहि कसैले लकडाउनको अवस्थामा सहयोग गर्न चाहेमा निम्न ठेगानामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

तेस्तै कर्णालीबाट अध्यनका लागि कोहोलपुर ,नेपालगंजमा रहेका विद्यार्थीले लकडाउनका कारण समस्या भोगिरहेको भए आफुलाई सम्पर्क गर्न पनि जानकारी गरेका छन् ।

विश्वमानै महामारीको रुपमा फैलीएको कोरोना संक्रमणको सर नेपालमा पनि देखिन थालेको छ । कोरोनाबाट बच्न सरकारले गत ११ गतेबाट १८ गते सम्म लकडाउन गरेको थियो ।

गत १७ गते वालुवाटारमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले थप २५ गते सम्म गरेको लकडाउन पुन: वैशाख ३ गते सम्म लागु बताएको छ ।

सरकारले लकडाउनमा मजदुर देखि विद्यार्थी भाडामा बस्ने अलपत्र परेका नेपालिलाई राहतको ब्वाव्स्था गरेपनि वास्तविक पिडित सामु राहत नपुगेको यो जलंदा उदहारण हो ।

कर्णाली बाँके विद्यार्थी सम्पर्क मनच ,

अध्यक्ष,

अमृत खत्री ,

9858066777

Simta