विदेशबाट फर्कीएका नेपालिलाई अनिवार्य क्वारेईनटाईनमा राख्न सर्वोच्चको आदेश,

चैत २४ ,काठमान्डौ – विदेशबाट फर्कीएका नेपालिलाई अनिवार्य क्वारेईनटाईनमा राख्न सर्वोच्चले आदेश गरेको छ ।

विभिन्न अधिवक्ताहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै सोमबार सर्वोच्चले विदेशबाट आएका सबै क्‍वारेन्टाइनमा नबसेको पाइएकाले स्थानीय तहमार्फत उनीहरुको खोजी निती गर्दै क्‍वारेन्टाइनमा राख्न आदेश गरेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्‍वारेन्टाइन बनाउन पनि सर्वोच्चले आदेश दिएको छ ।

lekbesi

दुर्गममा कोही संक्रमित भएमा र उपचार गर्नुपर्ने भएमा हेलिकप्टरको बन्दोबस्त गरेर समेत अस्पतालसम्म पुर्‍याउन र राहत वितरण पारदर्शी ढंगले वितरण गर्न सर्वोच्चले आदेश दिएको हो ।

त्यस्तै सर्वोच्चले कोभिड १९ संक्रमितको आकस्मिक लगायतका सबै उपचार गर्न आदेश दिएको छ ।