वन मन्त्रि शक्ति बस्नेतको पहलमा आफ्नो गृह जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरण ,

चैत २५ ,काठमान्डौ – वन तथा वातावरण मन्त्रि तथा पुर्व गृह मन्त्रि शक्ति बहादुर बस्नेतले आफ्नो गृह जिल्ला जाजरकोटमा स्वस्थ्य सामग्री पाठाएक छन् ।

जाजरकोटी जनताको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै, कोरोना भाईरस (COVID-19) महामारी नियन्त्रणका लागि माननीय वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको विशेष पहलमा थरमा गण १० थान ,बेड ,PPE १४० थान माक्स १७०० ,ग्लोबसा ४५० दितोल लिकुईड हेन्ड वास २ कार्टुन ,डिटोल दाबुन १ कार्टुन ,गाउँ १० थान ,गज १०० सेट पठाईएको हो ।

 

lekbesi

कोरोना संक्रमण रोकथामको लागि वन मन्त्रि शक्ति बहादुर वस्नेतले पाठाएका स्वास्थ्य सामग्रीहरु ,तस्विर माननीय वन मन्त्रिका स्वकीय सचिव मुस्कान रोकाय,

मन्त्रि बस्नेतले पठाएका स्वस्थ्य सामग्री सहि सलामत आजै प्रमुख जिल्ला अधिकारी मार्फत जाजरकोट अस्पताल नगरपालिका तथा गाउँपालिका अन्तर्गतका स्वास्थ्य कार्यालयहरुमा बितरण गरिने छ ।

मन्त्रि बस्नेतले जाजरकोटबाट विभिनन जिल्लामा रोजगार गर्न गएका र लकडाउनमा परि दु:ख पाएका हरुलाई खोज तलास गरि खाद्यान संगै राहत वितरण गर्न पनि आफ्नो सचिवालयका कर्मचारीलाई आग्रह गरेका छन् ।

जाजरकोटका विभिनन जिल्लामा अलपत्र परेका नागरिकलाई यो भन्दा अगाडी पनि मन्त्रि बस्नेतको निर्देशनमा उनीहरुलाई घर सम्म पुर्याउने संगै अलपत्र परेका हरुलाई राहतको व्यवस्था गरिएको थियो । ।

तेस्तै मन्त्रि बस्नेतका स्वकीय मुक्ति बस्नेत ,स्वकीय सचिव मुस्कान रोकाया ,धिरज उपरकोटीले जाजरकोटबाट विभिनन जिल्लामा अलपत्र परेका मजदुरलाई आफ्नो व्याक्तिगत लगानीमा खाद्याना वितरण गरिरहेका छन् ।