Simta
Simta
lekbesi

कोरोना लागेपछि गोलि हान्नुपर्छ भन्ने अभिव्यक्ति दिने सुर्खेत सिम्ताका प्रशासकीय अधिकृत हमाल विवादमा ,

Gurvakot

चैत २५ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत सिम्ताका गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनकबहादुर हमाल विवादमा तानीएक छन् ।

उनेल केहि दिन अगाडी मात्र सामाजिक संजालमा कोरोना संक्रमण वा विदेशबाट आएका जुनसुकै व्यक्तिपनि क्वारेईनटाईनमा बस्नपर्ने यदि बस्न नमान्नेलाई सरकारले एक गोलि खर्च गर्नपर्ने भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेका थिए ।

lekbesi

चौतर्फी जनताको आलोचनापछि उनले आफि माग्दै स्टाटस हटाएका थिए । उनलाई सामाजिक संजालमा नागरिकले चर्को आलोचना गर्दै तत्काल बर्खास्त गर्नपर्ने र कारबाही हुनुपर्ने माग राखेका थिए ।

जिम्मेवारी पदमा बसेका व्याक्तिले गैरजिम्मेवारी रुपमा प्रस्तुत भएको भन्दै उनलाई तत्काल कारबाहीको माग समेत गरिएको छ ।

जनताको सेवा गर्न बसेका नजप्रतिनिधिले कोरोना संक्रमण भए थप उपचार कँहा कसरि गर्ने भन्ने बेला एक गोलि खर्च गर्नुपर्छ भन्ने प्रतिक्रिया देशको विधिको शाशन भन्दा बाहिर रहेको कुरा बोलेकोमा तत्काल कानुनि उपचार गर्नुपर्ने सिम्ताली स्थानियको माग छ ।

हमाल थप विवादमा किन ?

प्रशासकीय अधिकृत जनक हमालले दिएको भिव्यक्ति आफुले माफी मागीसकेपनि समचारमार्फत भाईरल भनेको केहिदिनमा सिम्ता गाँउपालिकाका सूचना अधिकारी प्रकाश चन्द र कर्मचारी चन्द्रबहादुर शाहीकाका कारण हमाल थप विवादमा परे ।

प्रकाश चन्द र चन्द्रबहादुर शाहीले आफ्नो सामाजिक संजालमा उनीहरुले जनक हमालको सपोर्ट गर्दै सिम्तालि जनताले एक कुशल प्रशासकलाई विवादमा ल्याएको प्रतिक्रिया दिएका छन् ।

 

हमालको अभिव्यक्तिलाई समचार बनाउने पत्रकारलाई उनीहरुले पात्रुकार र पत्रकारका खोल ओढेका र अर्थलाई अनर्थ लगाई छापेको भन्दै नकारात्मक अफवाह फैलाउने र सिम्तालि जनतामा भरमा छर्न खोजिएको आफ्नो सामाजिक संजालमा लेखेका छन् ।

यसमा सिम्ताली जनता र गाँउपालिका श्रोतले भने जनक हमालले आफ्ना मातहातका कर्मचारीलाई बोल्न लगाएको स्थानीय जनता बताउछन । जनतालाई कोरोना संक्रमण देखिए गोलि हन्नुपर्छ भन्ने अभियक्ति फेसबुकमा माफी माग्दैमा माफी हुँदैन एक स्थानिय बताउछन ।

उनले माफी मागे जस्तो गरि आफ्ना मातहातका कर्मचारीलाई उचालेर थप सामाजिक संजालमा लेख्न लगाएको सिम्ताका स्थानिय बताउछन ।

तेती मात्र नभई गाँउपालिका अध्यक्ष कविन्द्र केसी र प्रशासकीय अधिकृत जनक हमाल मिलेर आफ्ना विश्वासपात्र बनाएर राखेका प्रकाश चन्द र चन्द्रबहादुर शाहीलाई उक्साएर तथानाम सामाजिक संजालमा पत्रकारको विरुद्द लेख्न लगाएको स्थानीयको ठहर छ ।

यो पनि,,

गाँउपालिकाले प्रशासकीय भवन निर्माण गर्दा भवन भन्दा बाहिर अनावस्यक डोजर लगाई आर्थिक हिनामिना गरेको भन्दै अध्यक्ष कविन्द्र केसीलाई अख्तियार दुरपयोग अनुसन्धान आयोग सुर्खेतले पत्र काटेको थियो ।

पत्रमा भनियको छ ,प्रशासकीय भवन निर्माण गर्दा तोकीएको स्थान भन्दा बाहिर डोजर चलाई आर्थिक हिनामिना गरेको भन्ने उजुरीमा सत्य तथ्य जानकारी ७ दिनभित्र पेश गर्न अनुरोध छ ।

यो विषय अहिलेपनि अनुसन्धानमा रहेको अख्तियार अनुसन्धान आयोग सुर्खेतले जनाएको छ ।

Simta