भारतको अस्पतालबाट सिसा फोरेर भागेका कोरोना संक्रमित नेपालि पक्राउ ,,

चैत २५ ,काठमान्डौ – भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

कोरोना संक्रमित ती नेपाली सुनसरी भोक्राहाका ६५ वर्षीय वृद्ध भएको बताइएको छ ।उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा फरार तबलिगी जमाती समूह सम्बद्ध वृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा लिइएको बताएको छ।

तबलिगी सम्मेलनमा सहभागी हुन पुगेका व्याक्तिलाई कोरोना संक्रमण फेलापरेको थियो । ति व्यक्ति पनि तबलिगी सम्मेलनमा सहभागी भएका थिए उनको कोरोना परिक्षन गर्दा शुक्रबार उनको रिपोर्ट पोजेटिभ देखिएको थियो कोरोना पुस्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो ।

lekbesi

उपचाररत उनि सोमबार राति अस्पतालको सिसा फुटाएर भागेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तत्कालै उनको खोजीको लागि बागपत प्रहरीले सार्वजनिक सूचना निकालेर १० टोली परिचालन गरेको थियो ।

बागपत प्रहरीका आईजी रेंज मेरठलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार, प्रहरीको तीव्र खोजीपछि कोरोना संक्रमित ती नेपाली खेकडाको एक इँटाभट्टा नजिकबाट पक्राउ परेका छन् ।

खेकडा अस्पतालमा उपचारत ती नेपाली एकमात्र कोरोना संक्रमित रहेको भारतीय प्रहरीको भनाइ छ ।उनलाई प्रहरीले पुन : अस्पताल पठाएको बताएको छ तबलिगी जमाती समूह धार्मिक सभामा सहभागी भएको र त्यहीँबाट कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएको अनुमान गरिन्छ ।

सो धार्मिक समूहमा १९ जना नेपाली तबलीगी जमाती समूह पनि सहभागी थिए । भारतबाट फर्किएका कतिपयलाई प्रदेश २ का जिल्लाहरुमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ भने नेपाल ,भारतमा लकडाउनपछि करिब २ हजार एक सय बढी नेपालिहरु भारतको क्वारेन्टाइनमा रहेको बताईएको छ ।