Simta
Simta
lekbesi

कोभिड १९ संग जुध्न कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिका देखि अन्य गाँउपालिकालाई रकम हस्तान्तरण गर्ने ,

Gurvakot

चैत २५ ,काठमान्डौ – कर्णाली प्रदेश सरकारले (कोभिड १९ )कोरोना संक्रमणसंग लड्न थप महत्वपुर्ण निर्णय गरेको छ ।

विश्वमाहारीमा फैलीएको कोरोना संक्रमणको प्रतक्ष असर नेपालमा पनि पर्न थालेको भन्दै कर्णाली सरकारले थप कदम अगाडी बढाएको हो ।

कर्णाली प्रदेश सरकारको २४ औ बैठकले थप पाँचवटा महत्वपुर्ण निर्णय गरेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि सरकारकी प्रवक्ता बिमला केसीले रंगदर्पण लाई बताईन ।

lekbesi

कर्णाली प्रदेश सरकारको विपद कोषमा जम्मा भएको रकम विरेन्द्रनगर पालिकालाई ३० लाख अन्य नगरपालिकालाई २० लाख तथा गाँउपालिकालाई १५ लाख वितरण गरिनेपनि उनले आजको बैठकमा निर्णयमा भएको उनले बताईन ।

तेस्तै सरकारले गरेको लकडाउनले देश बाहिर र प्रदेश बाहिरअलपत्र परेका कर्णाली नागरिकलाई तत्कालै व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने पनि बताईएको छ ।

संघिय सरकारले गरेको थप लकडाउनलाई कडाईका साथ पालना गनुपर्ने ,संक्रमण मुलुक भारत देखि अन्य मुलुकबाट कर्णाली प्रदेशमा छिरेका नागरिकलाई तत्काल घुम्ती प्रयोगशाला परिक्षन सेवा सुरु गरिने तेस्को लागि सरकारसंग अनुरोध गरिने पनि बैठकमा निर्णय गरिएको छ ।

कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणमा संलग्न रहेका स्वस्थ्यकर्मीलाई मौसमी ज्वरो देखि महामारी हुनसक्ने भन्दै औषधि ,उपकरण ,सहित चिकित्सक टोलि प्रदेशमा पठाउन सकिने गरि निर्णय गरिएको र यसको लागि नेपाल सरकारसंग पहल गर्नसकिने पनि बैठकमा निर्णय गरिएको कर्णाली प्रदेश सरकार मुख्यमन्त्रीका राजनीतिक सल्हाकार भिम प्रकाश शर्माले बताए ।

 

Simta