अर्बपति अग्रवाल ११ हजारको लोभले प्रहरी फन्दामा ,प्रहरीसंगै सामानको डिल,
चैत २६ ,काठमान्डौ – कोरना संक्रमण ( कोभिड १९ ) को विश्वव्यापी महामारी भईरहेकोबेला नेपालमा भने कमाउने धन्दा चलेको छ ।
समान्य माक्स देखि स्वास्थ्य सामग्री खरिद हुँदै अहिले शंकर ग्रुपका शुलभ अग्रवाललाई महानगरीय अपराध शाखाले पक्राउ गरेको छ ।
कोरोन संक्रमण रोकथाममा प्रयोग गरिने थर्मन गनमाथि उनले प्रहरीमाथिनै कालोबजारी गरेका थिए। थर्मन गनको मूल्य बजारमा ३५ सय पर्छ तर अग्रवालले भने १५ हजारमा दिने दिल गरेका थिए ।
अग्रवाल आफैमा अरबति हुन् ,उनको अफिस नक्साल बालमन्दिरमा छ ।उनले कालोबजारी गर्दा प्रहारले छाल नपाउने गरि कुटनितिक नियोगको नम्बर प्लेट राखिएको Mitsubishi, Pajero गाडी समेत प्रोग गरेको पाईएको छ ।
अग्रवाल सुलभ ग्रुप संचालक संगै किर्गिस्तानको अनररि कन्सुलर पनि हुन् । उनलाई हिजो २५ गते आफ्नै अफिस बाहिरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले रंग दर्पणलाई जानकारी दिए ।
प्रहरीको फन्दामा यसरि परे अग्रवाल ,
नेपाल एयरलाइन्सको चार्टर्ड विमानमा स्वास्थ्य सामग्री लिन लागि शनिबार चीनको ग्वान्झाओतर्फ उड्यो ।
विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७।५ टन सामान मात्र आयो । उक्त सामान धेरै मात्रामा अग्रवालको थियो भने चौधरी ग्रुप, नर्भिक अस्पताल संगै अन्य मेडिकल सप्लायर्सको पनि स्वास्थ्य सामग्री थियो ।
समान आउन बितिकै कालोबजारी हुने आशंकामा प्रहरी इकाई चनाखो बनेको थियो । आइतबार प्रहरीलेनै शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई थर्मन गन खरिदको लागि प्रस्ताव राख्यो ।
अग्रवालले बेच्ने सहमति गरेपछि महाशाखाले प्रहरी उपरीक्षक (एसपी) हृदय थापाको कमाण्डमा एउटा टोली नै तयार गर्यो । जसले हाइ–प्रोफाइल व्यवसायीको कालोबजारी धन्दाको पटाक्षेप गरेको छ ।
सजिलै प्रहरीलाई थर्मन गन नबेच्ने सर्त गरेका अग्रवाललाई भने प्रहरीले विभिन्न गाँउपालिकामा हस्तान्तरण गर्ने भन्दै कम्प्युटरबाट ‘मेडिकल किट सप्लायर्स’ लेखिएको परिचय पत्र डिजाइन गरेर मानाएको थियो ।
उनले ३५ सय पर्ने थर्मन गनलाई फोंबातई १६ हजारमा दिने र त्यो पनि नगद चाहिन्छ भने पछि प्रहरीले पनि ओके गरेको थियो । प्रहरीले महँगो भयो अलि मिलाउनु भनेपछि अग्रवालले एक हजार घटाए र १५ हजारमा दिने सहमति गरे ।
प्रारम्भ अनुसधान प्रहरीले गरिरहेको थियो र आफु झनै चनाखो भयो ,तेस्पछि सोमबार खरिद गर्ने भनिएको सामग्री मंगलबार मात्र किनें सहमति भयो । ६८ वटा मात्र थर्ममिटर खरिद गर्ने टुंगो लाग्यो ।
एक सय वटा खरिदका लागि अग्रवालले १५ लाख रुपैयाँ मागेका थिए । प्रहरीले १० लाख दिने र अरु चेक दिने सहमति गर्यो ।
अग्र्वालाले आफ्नो अफिस नक्साल रहेको भनेर बोलाएपछि प्रहरी सिभि गाडीमा पलस चिन्न लगाएर अग्रवाल भन्दा आगाडीनै नक्साल पुग्यो ।
जब अग्रवालले थर्मन गन निकाले अनि खरिद कर्ताले आफुहरु प्रहरी भएको बताएपछि अग्रवाल झस्किय ।
तेस्पछि उनले प्रहरीलाई आफु कुटनीतिकको मान्छे भएको र प्रहरीले पक्राउ गर्ननसक्ने भन्दै प्रहरीलाई गालि गर्दै प्रहरी अधिकृत आएको गाडीको सिसापनि फुटाईदिएका थिए ।
अग्रवालले गलत गलत व्याख्या गरेर नीलो नम्बर प्लेटमा २०९ एचसीसी १ लेखिएको कुटनीतिक नियोगको गाडी चढेर कालोबजारी गरेको प्रहरी अनुसन्धानमा छ । अग्रवाललाई पकुआ गरेपछि महाशाखाले थप अनुसंधान गरिरहेको छ ।
४३ वर्षीय सुलभ अग्रवाल काठमान्डौ महानगरपालिका वडा न ४ वालुवाटार बस्छन ठुला ठुला हाईपावरका अरबति व्यापारी पनि यो महामारीको बेलामा पैसाको लोभले प्रहरी फन्दामा परिरहेका छन् ।