Simta
Simta
lekbesi

चीनमा पुन : कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थाल्यो ,

Gurvakot

चैत २६ ,काठमान्डौ – चीनमा कोरोनाभाइरस संक्रमितको संख्या फेरी पनि बढ्न थालेको छ ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ६२ नयाँ संक्रमित भेटिएको बताएको छ ।

तेस्तै यस्ता १ सय ३७ व्यक्ति भेटिएको जसमा कुनै स्पष्ट लक्षण नदेखिएको पनि जानकारी दिएको छ । घिल्लो दिनको भन्दा संकर्मित बढेको बताईएको हो ।

सोमबार कोरोनाभाइरस संक्रमितको संख्या ३२ मात्रै थियो र स्पष्ट लक्षण नदेखिएका व्यक्ति ३० मात्रै थिए ।चीनमा मंगलबार कोरोनाभाइरसका कारण दुईजनाको मृत्यु भएको छ सोमबार पहिलो पटक कसैको पनि मृत्यु भने भएन ।

lekbesi

सांघाईमा एकजनाको मृत्यु भयो भने अर्को एकजनाको हुबेई प्रान्तमा ज्यान गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।

चीनको हुबेई प्रान्तबाट फैलीएको नोवेल कोरोना संक्रमण अहिले देशका २०९ भन्दा बढी देशमा फैलिसकेको छ ।

चीनले आफ्नो देशमा कोरोना संक्रमणका बिरामी कम भएको र नयाँ संक्रमित फेलानापरेको बताउदै गरेको बेला भने पुन : संक्रमित देखिन थालेपछि चीनका नागरिक त्रसित हुन थालेका छन् ।

Simta