लकडाउनमा बिरामीसंग दोब्बर भाडा असुल्ने एम्बुलेन्स संचालक पक्राउ ,

चैत २६ ,काठमान्डौ – लकडाउनको मौका पारि दाङमा बिरामीबाट दोब्बर भाडा असुल्ने एम्बुलेन्स चालकसहित मेडिकल संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

चलनचल्तीभन्दा दोब्बर भाडा ससुलने दाङ लहमाहीको कृपा पोलिक्लिनक तथा मेडिकल हल संचालक कृष्ण आचार्य र कमलप्रसाद भुषाललाई प्रहरीले पक्राउ गरेको हो ।

लमहीबाट तुलसीपुरसम्मको भाडा २५ सयदेखि ३ हजारसम्म भए पनि ७ हजार लिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

lekbesi

उनीहरूलाई प्रचलित कानुनअनुसार कार्बाही प्रक्रिया अघि बढाएको समेत बताए ।