स्वर्गीय ऋषि प्रसाद शर्मा सुर्खेती जनताको नजरमा कहिले नमर्ने नेता हुन् ,

चैत २६ ,काठमान्डौ – नेकपा एमालेका नेता स्वर्गीय ऋषि प्रसाद शर्मा जनताको नजरमा कहिले नमर्ने नेता हुन् ,उनको आज १२ स्मृतिसभा हो ।

लकडाउनका कारण स्मृतिसभाको भेला भने गरिएको छैन । स्वर्गीय ऋषि प्रसाद शर्मा आज नरहेपनि उनको विचार र लक्ष उदेश्यलाई सुर्खेती जनताले सम्मर सम्जिने गरेका छन् ।

नेकपा एमाले भेरी अञ्चल समन्वय कमिटिका तत्कालिन सदस्य एवंम् संविधानसभा २०६४ मा सुर्खेत क्षेत्र नं. १ बाट उम्मेदवार बनेका ऋषिप्रसाद शर्माको चुनावी प्रचारका क्रममा हत्या गरिएको थियो ।

lekbesi

तर उनको हत्या कसले गर्यो भन्ने अहिले सम्म यथार्थ जानकारी छैन । उनको घटना भने रहस्यमय गरिएको सबैले बताउने गर्दछन ।

पहिलो संविधानसभाको निर्वाचन २०६४ चैत २८ गतेको लागि प्रचार,प्रसार सकेर आफ्नो मतदान क्षेत्र सिम्ता जाँदै गर्दा शर्माको निर्वाचनको दुई दिन अगाडी चैत २६ गते साँझ मैनतडा ८ लोदेमा गोली हानि हत्या गरिएको थियो ।

घटना षडयन्त्रपूर्ण रुपमा गरिएपनि शर्माको हत्या अंगरक्षक मोतिलाल बि.क.ले गरेको भन्दै अदालतको फैसला पछि सर्वस्वहरण सहित मोतिलालले आजिवन काराबासको सजाय भोगिरहेका छन् ।

नेकपा एमालेले पहिलो संविधानसभामा दुई,दुई पटक सरकारको नेतृत्व गरेरपनि शर्माको हत्याको छानबिन भने गरेन ।

अहिले आएर विपक्षि पार्टीले समेत आफ्नै पार्टीको षडयन्त्र हुनसक्ने बताउछन । देशको संविधान लेख्ने जिम्मेवारी माग्न सुर्खेत क्षेत्र नं. १ का जनतासामु उभिएका शर्माले जनताकै बीचबाट मृत्यु बरण गरेका थिए ।

बि.स.२०१८ माघ १८ गते बुवा लिलाराम शर्मा, आमा क्वारादेवी शर्मा को कोखबाट पहिलो सन्तान को रुपमा साविक घोरेटा गाविस वडा नं. २ मा स्वर्गीय ऋषि प्रसाद शर्माको जन्म भएको थियो।शर्माका श्रीमती र तिन छोरा छन् ।

हत्या भएको १२ वर्ष सम्मपनि शर्माका कार्यकर्ता, शुभचिन्तकको मानसपटलमा घटना ताजै देखिन्छ ।उनको १२ स्मृतिसभामा सामाजिक संजाल भरि शर्माल्लाई सम्झिनेहरुले हत्याको वास्तविकता जसरि भएपनि बाहिर ल्याउनपर्ने बताउछन ।

जनताका प्रिय नेता ऋषि प्रसाद शर्मालाई सुर्खेती जनताले यसरि सम्झिन्छन ,

समाजसेवी उपेन्द्र मल्ल शर्माका अनुयायी लेख्छन ,

मृत्यु पछि को जित
जित पछि पाएका उपलब्धी हरु
न तिम्रा लागि भए
न हाम्रा लागि भए
शोषण ज्यु का त्यु छ
गरिबी झन बढ्दै छ
सामन्त र जाली हरु को शासन मा
तिमी ले हजारौ कम्रेड ऋषि शर्मा हरु जन्माएका थियौ
तर अबोध कम्रेड हरु लाबारिसे बनिरहेको देखिरहेको छु
सम्झन्छु स्व.क.शर्मा
तिम्रो आत्मा ले शान्ती पाओस ।
यहाँ ती अबोध कम्रेड को उर्बराउदो यौवन हरु लाई
अब कसैले रोक्ने हिम्मत गर्दैनन
चट्टन हरु झै उभिएर जुद्दै छन
ती सामन्ती शोषक हरु र जनता को गरिबी सग

आज पनि अभिभावक गुमेको
सिद्धान्त लरखराएको बेला
सिङ्गो पार्टी ले जित्यो
जितेनन ती गरिबी झुपडी का
कर्मठ किसान मजदुर श्रमजिबी हरु र
डिएर जिन्दगी बाची रहेका
डिएर कम्रेड हरु ले ।।।

ओबिलाल खत्री लेख्छन ,सहिद ऋषि लाल सलाम ,

सतारूढ दल नेकपा काे सुर्खेत जिल्ला कमिटि सदस्य सरस्वती सिंह लेख्छिन ,

कमरेड ऋषि शर्मा प्रती हार्दिक श्रद्धाञ्जली ,