Simta
Simta
lekbesi

कर्णाली प्रदेश सरकारको विपद कोषमा ग्रामिण वहुउद्धेश्यीय सहकारी र एनसिसि बैंकको गरि ३० लाख रकम जम्मा ,

Gurvakot

चैत २६ ,काठमान्डौ – कर्णाली प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि भनेर विपद व्यवस्थापन कोष स्थापना गरेको छ ।

सरकारले स्थापना गरेको यो विपद कोषमा विभिनन क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारि छ । प्रदेश विपद व्यवस्थापन कोषमा आज वौद्ध ग्रामिण वहुउद्धेश्यीय सहकारी संस्थाको सुर्खेतले रु,२५ लाख र एन्सीसी वैंकको तर्फवाट रु ५ लाख गरि ३० लाख रुपैयाँ जम्मा भएको छ ।

सहकारी संस्थाको तर्फवाट संस्थाका कार्यकारी प्रमुख विशाल केसी र एनसीसी वैंकको तर्फवाट कर्णाली प्रदेश प्रमुख सञ्जय कार्कीले प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी समुपस्थितिमा माननीय आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

lekbesi

कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि प्रदेश सरकारले विरेन्द्रनगर नगरपालिकालाई ३० लाख अन्य नगरपालिकालाई २० लाख र गाँउपालिकालाई १५ लाख रकम दिने हिजोको बैठकमा जानकारी गरेको छ ।

संघिय सरकारले गरेको थप लकडाउनलाई कडाईका साथ पालना गनुपर्ने ,संक्रमण मुलुक भारत देखि अन्य मुलुकबाट कर्णाली प्रदेशमा छिरेका नागरिकलाई तत्काल घुम्ती प्रयोगशाला परिक्षन सेवा सुरु गरिने तेस्को लागि सरकारसंग अनुरोध गरिने पनि कर्णाली प्रदेश सरकारको २४ औ बैठकले निर्णय गरिएको छ ।

 

Simta