सुलभ अग्रवाललाइ थप सात दिन हिरासतमा राख्न अनुमति ,

चैत २६ ,काठमान्डौ – थर्मन गनमाथि कालोबजारी गरेको अभियोगमा पक्राउ परेका सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको पुष्टि गरे । अग्रवाल सुलभ ग्रुप संचालक संगै किर्गिस्तानको अनररि कन्सुलर पनि हुन् ।

उनलाई हिजो २५ गते आफ्नै अफिस बाहिरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

lekbesi

पक्राउ परेका अग्रवाललाई प्रहरीले बुधवार नै सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि सिडिओ कार्यालयमा पेश गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले अग्रवाललाई कालोबजारी गरेको कसुरमा न्यायिक हिरासतमा राख्न सिडिओ कार्यालयसँग सात दिनको अनुमति मागेको थियो ।

यो पनि,,

अर्बपति अग्रवाल ११ हजारको लोभले प्रहरी फन्दामा ,प्रहरीसंगै सामानको डिल,