लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टरको जागिर खोसियो ,

चैत २६ ,काठमान्डौ – लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टरको जागिर खोसीएको छ ।कोरोना भाईरस महामारीको बेला अस्पतालमा रहेर बिरामीको उपचार गर्नुपर्ने ठाँउमा गयाब भएका बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ५ जना डाक्टरलाई सेवाबाट हटाइएको हो ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डन डा। राजेन्द्र खनालका अनुसार रेडियोलोजिस्ट डा. बरदान वली, डा. तारा शर्मा, डा. प्रकृति कार्की, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश न्यौपाने, युरो सर्जन डा। सुभाषचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।

उनीहरुले अहिले सम्म अस्पताललाई कुनै जानकारी नदिएर गायब भएको र अस्पतालमा बिरामीको उपचारको लागि नआएको अस्पतालले बताएको छ ।

lekbesi

चौधरी गत चैत ९ गतेदेखि, वली, शर्मा र न्यौपाने चैत ११ गतेदेखि र कार्की चैत १२ गतेदेखि अस्पताल नआएको अस्पातालले जनाएको हो ।

उनीहरू करीब १ वर्ष अगाडिदेखि अस्पतालमा करारमा कार्यरत थिए ।प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा डाक्टरहरूलाई कारवाही गरिएको हो ।

उनीहरुलाई यही चैत २० गतेदेखि लागू हुने गरी अस्पताल सेवाबाट हटाइएको र रिक्त भएको स्थानमा नयाँ चिकित्सक नियुक्त गर्न सूचना पनि प्रकाशित गरिएको छ ।अस्पतालले थप ३० जनाको लागि आवेदन माग गरेको छ ।