कोरोना संक्रमित भेटीएको भन्दै फेसबुकमा गलत अफवाह फैलाउने पक्राउ ,

चैत २६ ,काठमान्डौ – विश्वमाहमारीको चपेटामा छ । कोरोना संक्रमणले विदेशका मुलुका दैनिक १५ सय भन्दा माथिका दरले नागरिकको ज्यान जाने गरेको छ ।

कोरोना संक्रमणको प्रत्क्ष असर नेपालमा अपनी देखिन थालेको छ । तर नेपालमा वास्तविकता भन्दा बढी गलत अफवाह फैलाउनेको जमात निक्लने गर्दछन ।

यस्ता व्यक्तिले समाजमा नकारात्मक फैलाउने गरेको पाईएको छ । यस्तै कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

lekbesi

टीकापुर नगरपालिका १ ब्लक नम्बर १० मा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको भन्दै सामाजिक संजालमा लेखि गलत प्रचार गर्ने सोही नगरपालिका २ का पवनकुमार भट्टराईलाईमंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनले टिकापुर नगरपालिका १ ब्लक नं. १० मा कोरोनाका व्याक्ति भेटिए भनेर फेसबुकमा लेखेको प्रहरीले बताएको छ । पवनकुमार भट्टराईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।